आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

स्कारपियो चढेर चोरी गर्ने पक्राउ

AuthorAP Khabar२०७६ श्रावण २८, मंगलबार (४ साल अघि) २२५ पाठक संख्या

रौतहट, साउन २८ : श्याम मोबाइल पसलमा चोरी गर्न बिआर ०५ पि ३६४६ नम्बरको स्कारपियोमा आएका एक भारतीयसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। चन्द्रपुर नगरपालिका–४ स्थित चन्द्रपुर चोकमा रहेको पसलमा चोरी गर्ने तयारी गरिरहेको अवस्थामा प्रहरीले आइतबार राति २ः ३० बजे नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा गौर नगरपालिका वडा–५, बस्ने ३४ वर्षीय प्रेमशंकर यादव र भारत विहार सितामढीका ३० वर्षीय लोकेश कुमार छन्। उनीहरूसँगै आएका अन्य दुई जना फरार रहेको प्रहरी निरीक्षक राजन थापाले जानकारी दिनुभयो।

सिसिटिभी क्यामराको निगरानीका कारण नियन्त्रणमा लिन सकिएको प्रहरीको भनाइ छ । उनीहरूको साथबाट प्रहरीले सटर काट्न प्रयोग हुने वायर कटर र तीन थान मोबाइल बरामद गरेको छ।
जनता समाचार;

प्रतिक्रिया दिनुहोस