आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाढीले बगाएको ३ गैंडा भारतले नेपाल ल्याउन दिएन

AuthorAP Khabar२०७५ मंसिर २७, बिहिबार (५ साल अघि) ५३१ पाठक संख्या

नवलपरासी , मंसिर २७ : नारायणीमा आएको बाढीले बगाएर भारत पुर्‍याएका ३ गैंडा नेपाल फिर्ता गर्न भारतले आनाकानी गरेको छ ।

नेपाली सीमा आसपास भारतीय जंगलनजिकै रहेका तीन वटा गैंडा फिर्ता गर्न प्राविधिक टोलीले आग्रह गरे पनि भारतीय सुरक्षाकर्मीले मानेका छैनन् । भारतको केन्द्र सरकारबाट अनुमति नआएसम्म लैजान नमिल्ने भन्दै उसले आफ्नै नियन्त्रणमा गैंडा राखेको छ ।

निकुञ्जबाट विभाग हुँदै वनमन्त्रालय, वन मन्त्रालयबाट परराष्ट्र मन्त्रालय र परराष्ट्रबाट भारतलाई गैंडा फिर्ता गर्न पत्राचार गरेको ३ महिना बढी भए पनि पत्रको जवाफ नआएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए ।

अघिल्लो वर्षको बाढी निकुञ्जमा पस्दा ११ गैंडा बगेर भारत पुगेको थियो भने यस वर्ष पनि १ गैंडा बगाएको थियो । तीमध्ये ९गैंडा बाढी रोकिनेबित्तिकै नेपाल ल्याइएको भए पनि भारतमा रोकिएका ३ वटा गंैडा नेपाल ल्याउनबाट रोकिएको निकुञ्जको भनाइ छ ।

ती गैंडाहरुका लागि अहिले रोकिएको स्थान उपयुक्त वासस्थान नभएकोले ल्याउन थालिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले बताए । ‘जंगली जनवारहरु जुन देशमा गए पनि त्यहाँ उपयुक्त वासस्थान छ भने संरक्षण गर्नु त्यो देशको जिम्मा हुन्छ । तर अहिले रोकिएको ३ वटा गैडा भएको क्षेत्र घाँसे मैदान, तालतलैया, जंगल नभएको चुरेको डाँडो भएकोले उक्त क्षेत्र गैडाका लागि उपयुक्त वासस्थान होइन । त्यसैले फर्काउन थालेका हौं’, ढकालले भने ।

ती गैंडाहरु नेपाल भारतको सीमा नजिकको जंगलमा रहेकोले नेपाल छिर्ना साथ निकुञ्ज ल्याउने गरी टोली परिचालन गरिएको उनले बताए ।

गैंडा नेपाल फर्काउनका लागि चितवन राष्ट्रिय निकुञ्ज त्रिवेणी रेञ्ज पोष्टका रेञ्जर दिनेश चौधरीको नेतृत्वमा ३ वटा हात्ती सहितको टोली उक्त क्षेत्रमा रहेको छ । तर भारतले आफ्नो वन क्षेत्रमा रहेका गैंडाको रेखदेखका लागि कर्मचारी नै खटाएर नेपाल आउनतर्फ रोक्ने गरेको सुस्ताबासीले बताएका छन् । ती गैंडाहरु सुस्ता आसपासका क्षेत्रमा रहेका छन् ।

ती गैंडाहरु सुस्ता पारी र बाल्मिकि आश्रमको आसपासको क्षेत्रमा छन् । जुन भारतले अतिक्रमण गरेर विवादित बनाएको भूमि हो ।

हात्तीसहितको टोली सुस्तामै रहेको छ । गैडाको सुरक्षाका लागि नेपालको तर्फबाट सुस्तामा रहेको सशस्त्र प्रहरी खटिरहेको छ ।

– अनलाईनखबरबाट

प्रतिक्रिया दिनुहोस