आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नवलपुरको देवचुली नगरपालिका–३ केउरेनीमा कपडा बैँकको स्थापना

AuthorAP Khabar२०७६ श्रावण २८, मंगलबार (४ साल अघि) ३७० पाठक संख्या

नवलपुर, साउन २७ : बैंक भन्ने बित्तिकै धेरैलाई पैसाको कारोबार गर्ने संस्था होला भन्ने लाग्न सक्छ । तर, नवलपरासीको देवचुलीमा स्थापना भएको कपडा बैँकमा पैसा नभएर कपडा लिने र दिने गरिन्छ । त्यो पनि निःशुल्क । यहाँ पुराना कपडा हुनेले निःशुल्क रुपमा लगेर कपडा बैँकलाई हस्तान्तरण गर्दछन् । यस्तै यस कपडा बैँकमा संकलन भएका कपडा अन्य विपन्न, असहाय र आवश्यक पर्ने जो कोही मानिसले लानेछन् ।

विषेश गरेर विपन्न, असाहय मानिसलाई सहयोग गर्ने उद्देश्यले कपडा बैँकको स्थापना गरिएको हो ।‘आयान कपडा बैँक स्टेण्ड स्टेशन’ नाम दिइएको यस बैँकको स्थापना शुभ प्रभात समाजले गरेको हो । अन्तर्राष्ट्रिय युवा दिवशको सन्दर्भ पारेर युवाहरु सामाजिक कार्यमा लाग्न आवश्यक रहेको सन्देश प्रवाह गर्नका लागि कपडा बैँकको स्थापना गरिएको शुभ प्रभात समाजका अध्यक्ष कृष्ण वाग्लेले बताए ।

आज आइतबार देखि सञ्चालनमा आएको कपडा बैँकमा पहिलो दिने केही कपडाहरु जम्मा भएका छन् । यहाँ संकलन भएका कपडा स्वइच्छाले कसैले बैँकबाटै लान समेत सक्ने अध्यक्ष वाग्लेले बताए । ‘हामीले कपडा बैँकको नारानै हुनेले दान गर्नुहोस्, नहुनेले निसंकोच लैजानुहोस् भनेका छौं’– अध्यक्ष वाग्लेले भने, ‘निःशुल्क रुपमा चाहिनेले लान सक्नेछन् ।’

कतिपय विपन्न, असहाय मानिसले पैसाको अभावमा लगाउने कपडा किन्न समेत नसक्ने अवस्था रहेकोले उनीहरुलाई सहयोगका लागि अभियान थालिएको बताए । बाढी पहिरो र विपद्मा परेको समयमा लगाउने कपडा नहुँदा कष्टपूर्ण जीवन बिताउनुपर्ने बाध्यता बेला बेलामा नेपालमा पर्ने गरेको स्मरण गर्दै त्यस्तो अवस्थामा तत्काल लगाउने कपडा बैँकबाट उपलब्ध गर्न सकिने उनले जानकारी दिए । कपडा बैँकमा संकलन भएका कपडा धेरै भएमा संस्थाको तर्फबाट विपन्न तथा अनाथ आश्रममा लगेर बाड्ने वा नगरपालिकासँग समन्वय गरी भण्डार कक्ष निर्माण गरी सोही स्थानमा संकलन गर्ने योजना रहेको संस्थाका सचिव सुशील चापागाईँले बताए ।

‘कपडा बैंक स्थापनाले कपडा पुन उपयोगलाई प्रोत्साहन गर्ने बताए । कतिपय मानिसले केही समय लगाएर राम्रै कपडा पनि त्यसै फाल्ने गरेका हुन्छन्, अब ती कपडा अन्य असाहयले लगाउन पाउने छन् ’– सचिव चापागाईँले भने ‘यसले पुन उपयोगलाई समेत बढाउछ ।’
कपडा बैंकमा कपडासँगै जुत्ताहरु, चप्पलहरु समेत हुनेले जम्मा गर्न सक्ने उनले बताए । चाडै किशोरी, महिलाहरुलाई लक्षित गरि सेनेटरी प्याडसमेत निःशुल्क बाड्ने गरी बैँकमा राख्ने योजना रहेको सचिव चापागाईँले बताए ।

नारायणी अनलाइन;

प्रतिक्रिया दिनुहोस