लक्ष्यभन्दा ११ करोड कम राजस्व संकलन

6

श्रावण, २८ : ललितपुरमा आर्थिक वर्ष ०७५/०७६ मा लक्ष्यभन्दा ११ करोड कम राजस्व संकलन भएको छ । आन्तरिक राजस्व कार्यलय ललितपुर एक र दुईले गत आर्थिक वर्षमा दुई अर्ब ८७ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएका थिए । तर, असार मसान्तसम्म जम्मा दुई अर्ब ७६ करोड मात्र राजस्व संकलन भएको छ ।

एक मदिरा कम्पनी डुब्दा अपेक्षाकृत राजस्व संकलन गर्न नसकिएको कार्यालयले जनाएको छ । आन्तरिक राजस्व कार्यालय ललितपुरका–१ का प्रमुख कर अधिकृत लालबहादुर खत्रीले भने ‘एक ठूलो मदिरा कम्पनीबाट हामीले ठूलो राजस्व संकलन गर्ने अपेक्षा लिएका थियौँ । तर, कम्पनी बन्द भयो । त्यसैले राजस्व लक्ष्यअनुरूप संकलन भएन ।’ आन्तरिक राजस्व कार्यालय–१ ले भने लक्ष्यभन्दा ३० करोड बढी राजस्व संकलन गरेको छ ।

एक अर्ब २४ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा एक अर्ब ५४ करोड राजस्व संकलन भएको कार्यालयले जनाएको छ । कर संकलन गर्ने नीति, बक्यौता असुली र प्रशासनिक सक्रियताले लक्ष्यभन्दा बढी राजस्व उठेको कर अधिकृत खत्रीले बताए ।

कार्यालय–२ ले भने लक्ष्यभन्दा ४१ करोड कम राजस्व संकलन गरेको छ । कार्यालयले एक अर्ब ६३ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा एक अर्ब २२ करोडमा राजस्व संकलन गरेको छ । कार्यालयका प्रमुख डिलाराम सापकोटाले भने ‘हामीले दोस्रो कार्यालय गत माघबाट सुरु ग-यौँ । केही समय करदता अलमलमा परे । त्यसैले लक्ष्य हासिल गर्न नसकिएको हो ।’ र चालू आर्थिक वर्षमा वास्तविक लक्ष्य आकलन गरी लक्ष्य पूरा हुने सापकोटाले बताए ।
नयाँ पत्रिका;

Loading...