आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अपाङ्गता भएका परिवारलाई २५ हजार सहयोग

AuthorAP Khabar२०७६ श्रावण २८, मंगलबार (४ साल अघि) ४७७ पाठक संख्या

साउन, २८ : लमजुङको मर्स्याङ्दी गाउँपालिका-३ खुदी थाकनको एक विपन्न परिवारलाई २५ हजार सहयोग जुटेको छ । २७ साउनमा नयाँ पत्रिका राष्ट्रिय दैनिकमा ‘अपाङगता भएका परिवारका दिदीबहिनीलाई घरमै नागरिकता’ भन्ने शीर्षकको समाचार प्रकाशित भएपछि थप सहयोग जुटेको हो ।

सन्तमायाँ परियारको परिवारलाई पोखराका व्यावसायीले सोमबार सहयोग गरेका हुन् । सन्तमायाँको ६ सन्तान मध्ये चार सन्तान सुस्त मनस्थिति सहित अपाङ्गता अवस्थाका छन् भने श्रीमान् बुद्धिप्रसादको पनि जागिर नभएका कारण दैनिकी गुजार्न कठिन छ ।

विपन्न परिवारलाई पोखराका पाँच जना व्यवसायीले एकमुष्ठ २५ हजार रुपैयाँ सहयोग गरेका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङमा सन्तमायालाई उक्त रकम प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए ।

पोखराबाट लमजुङ घुम्न आएका व्यावसायी विकास लामिछाने, मनोज परियार, इश्वर सुवेदी, भरत परियार र वसन्त गिरीले उक्त रकम सहयोग गरेका हुन् । सन्तमायाँकाे पारिवारीक अवस्था सारै नाजुक भएको खबर मिडियामा आएकाले उनको परिवारलाई जिवन यापन गर्न केही सहज होस् भन्ने उद्देश्यले सानो सहयोग गरिएको विकास लामिछानेले बताए ।

सन्तमायाका पूर्ण अशक्त दुई छोरीलाई प्रमुख जिल्ला अधिकारी डा. भट्टराई सहितको टोलीले शनिबार घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गरेको थियो ।

नयाँ पत्रिका समाचार

प्रतिक्रिया दिनुहोस