आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सामुदायिक विद्यालयका छात्रालाई साइकल

AuthorAP Khabar२०७६ श्रावण २८, मंगलबार (४ साल अघि) ३५५ पाठक संख्या

साउन, २८ :सिरहाको गोलबजार नगरपालिका ९ वडा कार्यालयले सामुदायिक विद्यालयको कक्षा ६ र ७ मा पढिरहेका छात्राहरूलाई प्रेरित गर्न साइकल वितरण गरेको छ । सामुदायिक विद्यालयमा पढ्ने छोरीहरूको पठनपाठन सहज बनाउन साइकल वितरण गरिएको नगर प्रमुख देवनाथ साहले बताए । ‘मध्यम वर्गीय र व्यापार–व्यवसाय गरिरहेका परिवारले आफ्ना छोराछोरीलाई संस्थागत विद्यालयमै पढाइरहेका छन्,’ उनले भने, ‘घरको कामसमेत भ्याएर सामुदायिक विद्यालयमा पढिरहेका छोरीहरूलाई समयमै विद्यालय पुग्न र फर्किन सहजताका लागि साइकल दिइएको हो ।’

गोलबजार–९ स्थित वडा कार्यालयमा शनिबार एक समारोहबीच नगर प्रमुख साहसहित वडाध्यक्ष रामपुकार कामतीले स्थानीय जनता माविमा कक्षा ६ र ७ मा अध्ययनरत ३६ छात्रालाई साइकल वितरण गरे । आर्थिक वर्ष ०७५/७६ अन्तर्गत वडास्तरीय कार्यक्रमका लागि प्राप्त बजेटमध्ये सात लाख रुपैयाँमा ६५ थान साइकल खरिद गरिएको वडाध्यक्ष कामतीले बताए । उनका अनुसार वितरणपछि पनि बाँकी रहेका २९ थान साइकल वडा कार्यालयबाट वितरण गरिनेछ ।

बाँकी तीन लाखले वडा क्षेत्रका आधारभूत तहका विद्यालयमा सञ्चालित बाल विकास केन्द्रमा मन्टेस्वरी कक्षा चलाउन विभिन्न शैक्षिक सामग्री खरिद गरिएको वडाध्यक्ष कामतीले बताए । गोलबजार नगर क्षेत्रका १३ वटा वडामा एक स्नातकोत्तर तहको क्याम्पस, ६ मावि, २४ वटा आधारभूत तहका सामुदायिक विद्यालय रहेको नगरपालिकाले जनाएको छ ।
नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस