आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पथलैया विरगंज ब्यापारीक मार्ग निर्धारित समय भन्दा ६ महिना ढिलो हुने

AuthorAP Khabar२०७५ भाद्र १५, शुक्रबार (५ साल अघि) ७३६ पाठक संख्या

बारा १४ भाद्र : ब्यापारीक मार्ग बिस्तार योजना पथलैया–बिरगंज ६ लेन सडक निमार्णको काम ६ महिना ढिलो हुने भएको छ । बाटो विस्तारका लागि सडक बिभागले ३० महिनाको समय सिमा तोकेपनि सडक निर्माणको काम निधारित समय भन्दा ६ महिना ढिलो हुने पथलैया विरगंज ब्यापारीक मार्ग बिस्तार योजना पथलैयाले जनाएको छ ।
सडक विभागले पथलैयादेखि विरगंजसम्म बाटो निमार्णका लागि ६ भागमा विभाजन गरेर छुटछुट्ै ६ ओटा कम्पनिलाई जिम्मा दिएको छ । ब्यापारीक मार्ग निर्माणको जिम्मा पाएका निर्माण कम्पनीहरुले सयमा काम नगर्दा ब्यापारीक मार्गको काममा ढिलाई भएको योजना कार्यलयका ईन्जीनियर शौम्या आनन्दले जानकारी दिनुभएको हो ।
हाल निर्माण कार्यको जिम्मा पाएका केहि कम्पनीहरुले राम्रो काम गरेपनि अन्य कम्पनीहरुले काममा ढिलाई गरेका कारण र योजनाले समयमा साईड खाली गराउन नसकेको कारणले समयमा काम पुरा नभएको ब्यापारीक मार्ग बिस्तार योजना पथलैयाका ईन्जीनियर आनन्दले जानकारी दिनुभयो ।
लगभग ४० प्रतिशत काम मात्रै सम्पन्न भएको यस योजनामा रहेको जीतपुर बजार र पर्सा राष्ट्रिय निकुञ्ज अन्तरगत पर्ने ११ सय मिटरको क्षेत्र खाली गराउन नसक्दापनि काम प्रभावित भएको ईन्जीनियर आनन्दको भनाई छ । उहांले पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने ११ सय मिटर रुख कटान गर्नको लागि ई.आ.ए रिपोर्ट चाडौँ आउने बताउदै जीतपुर बजार क्षेत्र अन्रगत सडकमा पर्ने संरचना हटाएर सडक निर्माणमा सहयोग गर्न जीतपुर बासिसंग आग्रह समेत गर्नुभएको छ ।
३ अर्ब २७ करोडको लागतमा पथलैया देखी बिरगंज २७ कीलोमिटरको सडक निर्माण थालीएको सडक विभागले प्रतिकम्पनिलाई झण्डै ६७ करोड बजेट छुट्याएर २०७५ पुष २८ गते भित्र सम्ममा निर्माण सम्पन्न गर्नु पर्ने गरी जिम्मा दिएको हो । सडक निर्माणको सयम सिम समाप्त हुन अब ५ महिना मात्र बाकिँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस