घुस लिन खेताला पठाइएका मुकेश पक्राउ

9

जनकपुरधाम, साउन २८ : महोत्तरीको भंगाहा नगरपालिका–८, का वडा सदस्य कारी साहका छोरा मुकेश साह घुससहित पक्राउ परेका छन्। उपभोक्ता समितिका पदाधिकारीसँग १ लाख ६० हजार घुस लिदैगर्दा अख्तियाले रंगेहात पक्राउ गरेको हो।

वडाध्यक्ष मो.रफिक आलमसँग मिलेर वडासदस्य कारीले छोरा मुकेशलाई घुस लिन पठाएका थिए। पक्राउ परेका मुकेशलाई आवश्यक अनुसन्धानका लागि अख्तियारले बर्दिबास कार्यालय लगेको छ।
जनता समाचार;

Loading...