आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मकै गोड्न बोलाएर बलात्कार

AuthorAP Khabar२०७६ श्रावण २९, बुधबार (४ साल अघि) ४०९ पाठक संख्या

काभ्रे ,साउन २९: पाँचखाल नगरपालिकामा एक महिला मकै गोडिरहेको बेला बलात्कृत भएकी छन् । वडा नम्बर १ अनैकोटमा ३७ वर्षीया महिला मकै गोडिरहेको अवस्थामा बलात्कृत भएकी हुन् ।उनलाई ५७ वर्षीय इमानसिं तामाङले असार १३ गते आफ्नो बारीमा मकै गोड्न बोलाएर बलात्कार गरेको प्रहरीले जनाएको छ । इमानसिंलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार इमानसिंले महिलालाई बिहान ९ बजे बारीमा मकै गोडिरहेको बेला मुख थुनेर बलात्कार गरेका हुन् ।
इमानसिंले जबजस्ती गर्दा महिलाले चिच्याएपछि टोलका बासिन्दा बारीमा आइपुगे ।बासिन्दा आएपछि इमानसिं भागेका थिए । तामाङलाई सोमबार जिल्ला अदालतबाट म्याद थप गरी हिरासत राखेर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिनुभयो ।
जनता समाचार;

प्रतिक्रिया दिनुहोस