आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘रुद्र’बाट डेब्यू गरेर सन्तुष्ट छैन, बरु मलाई मेरो भ्वाइसले चिनायो’: सारा

AuthorAP Khabar२०७५ मंसिर २७, बिहिबार (५ साल अघि) ४४० पाठक संख्या

काठमाडौं , मंसिर २७ :  चलचित्र ‘रुद्र’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेपनि नायिका सारा सिर्पाली आफ्नो डेब्यू चलचित्रबाट खासै सन्तुष्ट छैनन् । किनभने, यो चलचित्रबाट आफूले कुनै पनि परिचय बनाउन नपाएको उनको गुनासो छ । उनले भनिन्–‘मैले मनदेखि भन्नुपर्दा म ‘रुद्र’बाट सन्तुष्ट छैनँ । किनकी, यो चलचित्रले मलाई कुनै पनि चिनारी दिलाएन । पहिलो चलचित्रबाट मैले एउटा परिचय पाएको भए अहिले कुरा नै फरक हुने थियो ।’

साराले बरु आफूलाई कुनै चलचित्रमा आवाज मात्र भर्दा बढी दर्शकले चिनेको बताइन् । चलचित्र ‘लिलिबिली’मा साराले नायिका जसिता गुरुङमाथि आवाज दिएकी छिन् । यो आवाजले नै खुबै चर्चा पाएको थियो । भोलीबाट रिलिज हुन लागेको चलचित्र ‘सुश्री सम्पत्ती’की नायिका साराको चलचित्र क्षेत्र रुची थियो । क्यामेरा अगाडि अभिनय गर्नु सानैदेखिको रुची भएकै कारण उनले सुरु गरेको जागिर समेत छाडेकी थिइन् ।

साराले भनिन्–‘मेरो पढाई र परिवारको प्रेसरका कारण मैले एकान्टेनको जागिर सुरु गरेकी थिएँ । जागिर सुरु गरेको १५ दिन भैसकेपछि गोपाल कायस्थ दाइले ‘रुद्र’को अडिसनमा आउन भन्नुभयो ।’कायस्थले बोलाएपछि अडिसन दिन आएकी सारा आफू छनोट भएको बताउँछिन् । उनलाई भेट्नेले राम्री छौ भनेपनि चलचित्रमा अफर भने गरेका रहेनछन् । सारा भन्छिन्–‘मैले लण्डनमा रहँदा नै ४ वटा म्यूजिक भिडियोमा अभिनय गरिसकेकी थिएँ । यहीकारणले पनि मलाई क्यामेरा अगाडि उभिएपछि छुट्टै आनन्द प्राप्त हुन्थ्यो ।’

डेब्यू चलचित्रले आफूलाई परिचय नदिएपनि आफू यही चलचित्रका कारण यो क्षेत्रमा भित्रिएको साराले बताइन् ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस