आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाढीले पुल बगायो, पर्यटक आवतजावतमा समस्या

AuthorAP Khabar२०७६ श्रावण २९, बुधबार (४ साल अघि) ३३० पाठक संख्या

डोल्पा ,साउन २९: शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पर्ने सुलिगाड खोलाको काठेपुल मंगलबार बगेको छ । अविरल वर्षाका कारण आएको बाढीले पुल बगाएको हो ।काठेपुल बगाएपछि फोक्सुण्डो ताललगायत उपल्लो डोल्पा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा समस्या भएको छ ।

काठेपुल बगाउँदा त्यस ठाउँका बासिन्दालाई समेत आवतजावत गर्नसमेत समस्या भएको निकुञ्जले जानकारी दिएको छ ।पानीको सतह धेरै बढेको सुलिगाड खोलाले काठहरू बगाएर ल्याएको देखिएकाले फोक्सुण्डो तालसम्म पुग्न बिचबिचमा बनाइएका अन्य काठेपुल पनि बग्ने स्थिति देखिएको छ । जनता समाचार;

प्रतिक्रिया दिनुहोस