आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हेटौंडामा बस दुर्घटना, एक जनाको मृत्यु, १५ जना घाइते

AuthorAP Khabar२०७६ श्रावण ३१, शुक्रबार (४ साल अघि) ३११ पाठक संख्या

हेटौंडा, साउन ३१: हेटौंडामा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा बस दुर्घटना भएको हो ।

काठमाडौंबाट रौतहटतर्फ जाँदै गरेको ना५ख २२३३ नम्बरको बस अनियन्त्रित भई पल्टिएर विजुलीको खम्बामा ठोक्किँदा सर्लाहीको रामनगर बोरहवाका ५८ वर्षीय मुकेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेको चितवन र मकवानपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

इमेजखबर;

प्रतिक्रिया दिनुहोस