आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक हुँदै

AuthorAP Khabar२०७६ श्रावण ३१, शुक्रबार (४ साल अघि) ३५१ पाठक संख्या
काठमाडौं, साउन ३१ :  आगामी सोमबारदेखि नेपालमा हुने एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरिदैंछ ।यसको जिम्मेवारी पाएको प्राविधिक कमिटी हिजै काठमाडौं आइपुगेको छ । कमिटीको आज बस्ने बैठकले खेल तालिकासँगै प्रतियोगिता सञ्चालनको लागि आवश्यक अन्य सम्पूर्ण प्राविधिक विषय टुंग्याउनेछ ।
प्रतियोगितामा आयोजक नेपालसहित अफगानिस्तान, बंगलादेश, माल्दिभ्स, कीर्गिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान सहभागी छन् । यी सात टिमलाई दुई समूहमा विभाजन गरिनेछ । जसमा एक समूहमा चार र अर्कोमा तीन टिम राखिनेछ ।
दुवै समूहका उत्कृष्ट दुई टोली सेमिफाईनलमा पुग्नेछन् । यो प्रतियोगितामा नेपालको लक्ष्य कम्तिमा पनि शीर्ष तीनभित्र रहँदै पदक जित्नु रहेको छ ।
भदौ ७ गतेसम्म चल्ने प्रतियोगिताका सबै खेल लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुनेछन् । प्रतियोगिता अघिको मैत्रिपूर्ण खेलमा अफगानिस्तानलाई हराएको नेपाल निकै हौसिएको छ । नियमित कप्तान इम राना बिना कोर्टमा उत्रिएको नेपालले हिजो अफगानिस्तानलाई ३–२ को सेटमा हरायो ।
सुरुवाती दुई सेट गुमाएको नेपालले उत्कृष्ट पुनरागमन गरेको थियो ।
यसअघि पहिलो खेलमा पनि नेपालले अफगानिस्तानलाई ३–२ कै सेटमा हराएको थियो ।
इमेजखबर ;

प्रतिक्रिया दिनुहोस