आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चिकित्सा शिक्षा आयोगमा तीन नाम सिफारिस

AuthorAP Khabar२०७६ श्रावण ३१, शुक्रबार (४ साल अघि) ५५९ पाठक संख्या

साउन, ३१ : चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा तीनजनाको नाम सिफारिस भएको छ । उपाध्यक्ष सिफारिस समितिले तीनजनाको नाम सिलबन्दी गरेर शिक्षा मन्त्रालयमा पठाएको छ । तर, मन्त्रालयले सिलबन्दी खोलेको छैन ।सिफारिस समितिले २९ साउनमा नाम मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले अब बस्ने मन्त्रिपरिषद् बैठकमा उपाध्यक्ष नियुक्तिको प्रस्ताव लैजाने तयारी छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उपाध्यक्ष सिफारिस भएको खबर शिक्षासचिवबाट प्राप्त गरेको, तर कसको नाम सिफारिस भयो भन्नेबारे आफूले नसोधेको बताए ।चिकित्सा शिक्षा ऐनको दफा २३ मा लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहेको समितिले उपाध्यक्ष नियुक्तिको सिफारिस गर्ने व्यवस्था छ । सिफारिस समितिले दरखास्त पेस गर्ने उम्मेदवारको रोस्टर तयार गरी छनोट भएका योग्य तीन उम्मेदवार उपाध्यक्षका लागि सिफारिस गर्ने व्यवस्था छ ।

उपाध्यक्षका लागि अहिले नौजना प्रतिस्पर्धामा छन् । प्रा.डा. श्रीकृष्ण गिरी, प्रा.डा. यहुनचन्द्र सिवाकोटी, प्रा.डा. तरुण पौडेल, प्रा.डा. रमेशप्रसाद सिंह, प्रा.डा. नीलमणि उपाध्याय, प्रा.डा. सुरेन्द्र शेरचन, प्रा.डा. पारस पोखरेल, प्रा.डा. राजेन्द्रप्रसाद साह, प्रा.डा. शम्भुकुमार पहारीले यो पदका लागि प्रतिस्पर्धा गरेका थिए । जसमध्ये प्रा.डा. सुरेन्द्र शेरचन, प्रा.डा. शम्भुकुमार पहारी र श्रीकृष्ण गिरीमध्ये एक उपाध्यक्ष बन्ने चर्चा छ ।

समितिले सबै प्रतिस्पर्धीको अन्तर्वार्ता लिएर, चारवर्षे कार्ययोजना र भिजनको समेत मूल्यांकन गरेर नाम सिफारिस गरेको छ । आवेदन दिएका ११ मध्ये ऐनअनुसार योग्यता नपुगेका प्रमोदकुमार सर्राफ र जेएन पाण्डेको आवेदन रद्द भएको थियो ।
नयाँ पत्रिका;

प्रतिक्रिया दिनुहोस