आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

महिलाले किन छेड्छन् देब्रे नाक ?

AuthorAP Khabar२०७५ मंसिर २७, बिहिबार (५ साल अघि) ५८७ पाठक संख्या

काठमाडौं , मंसिर २७ :  नाक छेड्नु नेपाली संस्कृति र परम्पराको हिसाबले एकदमै जरुरी मानिन्छ । महिलाको सुन्दरता बढाउनुका साथै नाक छेड्नु स्वास्थ्यको लागि पनि फाइदाजनक छ ।

नेपाली महिलाले किन नाक छेडाउछन् भन्ने कुरा एकदमै कमलाई मात्र थाहा छ । धेरैजसो महिला यसलाई श्रृंगारसँग मात्र जोड्ने गर्छन् । नाक छेड्नको लागि कुनै उमेर तोकिएको हुँदैन तर प्रायजसोले आफ्ना छोरीको नाक बच्चैमा छेडिदिन्छन् ।

हिन्दुशास्त्रको वेदका अनुसार नाक छेड्ने महिलाहरुलाई महिनावारी हुँदा हुने पीडाबाट राहत मिल्छ । यसको साथमा प्रसवको समयमा शिशुलाई जन्म दिन पनि सजिलो हुने धार्मिक विश्वास छ । नाक छेड्नाले टाउको दुख्ने वा माइग्रेनको समस्याबाट पनि मुक्ति मिल्छ । यो कुरा डाक्टरहरुले पनि बताईसकेका छन् ।

महिलाको देब्रेतर्फको नाक छेड्नाले प्रजनन अङ्गमा नकारात्मक असर नपर्ने डाक्टरहरु बताउँछन् । महिलाको देब्रे नाकको नशा प्रजनन अङ्गसँग जोडिएको हुने चिकित्सकहरु बताउँछन् । यस्तै बाँया कान छेड्नाले रक्तचापजस्तो समस्याहरुमा पनि कमि आउने चिकित्सकहरुको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस