आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पत्रकारितामा म्यानमारले सहकार्य गर्ने

AuthorAP Khabar२०७५ मंसिर २७, बिहिबार (५ साल अघि) ४९९ पाठक संख्या

काठमाडौं , मंसिर २७ :  म्यानमारले नेपालको पत्रकारितामा सहयोग सहकार्य गर्ने भएको छ । त्यसको लागि प्रेस काउन्सिल, नेपाल र म्यानमारको प्रेस काउन्सिलबिच बिहिबार सहयोग आदानप्रदान सम्झौता भएको छ ।

संझौता पत्रमा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र काउन्सिलका म्यानमार अध्यक्ष ओहन केइङले हस्ताक्षर गर्नुभएको छ । राजनीतिक स्थायित्व र शान्ति कायम गर्न पत्रकारिताबाट मद्धत गर्ने स् सम्झौतापत्रमा उल्लेख छ । त्यसको लागि बेला बखत अनुभव आदानप्रदान, तालिम र भ्रमणमा सहकार्य गरिने र काउन्सिलका कार्यबाहक अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

म्यानमार काउन्सिल अध्यक्ष ९१ वर्षीय केइङ र श्रीलङ्काका प्रेस काउन्सिल अध्यक्ष कोग्गाला वेल्लाला बन्दुलाले नेपालमा प्रेस काउन्सिलले गरेका गतिबिधि विश्वलाई अनुकरणीय भएको उल्लेख गर्नुभयो । नेपालले श्रीलंका र भारतसंग भने एकमहिनाअघि नै यस्तै सम्झौता गरिसकेको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस