आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपामा अबदेखि ‘नमस्कार’

AuthorAP Khabar२०७६ श्रावण ३२, शनिबार (४ साल अघि) २५७ पाठक संख्या

काठमाडौं, साउन ३२ : नेपाल कम्युनिष्ट पार्टी नेकपाका संगठन विभाग प्रमुख एवम् पूर्व गृहमन्त्री वामदेम गौतमले नेता, कार्यकतालाई शिष्टाचारसहित नमस्कार गरेर एकअर्कालाई सम्मान गर्न आग्रह गर्नुभएको छ । एकले अर्काको अस्तित्वलाई बुझेर नमस्कार गर्दा कसैलाई पनि अपमान नहुने भन्दै गौतमले नयाँ सभ्यताको सुरुवात गर्न आग्रह गर्नुभएको हो ।

नेता, कार्यकर्तासँगको अनौपचारिक भेटमा गौतमले मुलुकलाई समृद्ध बनाउने अभियानमा लागेका अभियन्ताहरुले आफ्नो बानी, व्यवहारमा समेत परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । जनताले ठूलो आशा र भरोसा गरेकाले हाम्रा व्यवहारहरुलाई नजिकबाट नियालिरहेको गौतमको भनाइ थियो । परिवर्तन सम्भव छ भन्ने विषयलाई अंगिकार गर्दै गौतमले आजैबाट आफैबाट ‘नमस्कारको थालनी गर्न आग्रह गर्नुभएको छ ।

२००६ साल बैशाख १० गते ५ जनाको कमिटिबाट स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी ७० दशकको अवधिमा नेपालको बृहत्त पार्टी बनेको छ । जनअपेक्षा अनुसार काम गर्न र जनताको मन सजिलै जित्न आफ्नो बानीमा परिवर्तन ल्याउनु अहिलेको आवश्यकता रहेको नेकपाका नेताले जनाएका छन् । नेताहरु सुविधाभेगी र विलासी भए भन्ने निरासालाई चिर्नपनि मितव्ययितामा जोड दिनुपर्ने गौतमको भनाइ छ ।
जनता समाचार;

प्रतिक्रिया दिनुहोस