आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विप्लव र राउतका साढे चार सय कार्यकर्ता पक्राउ

AuthorAP Khabar२०७५ मंसिर २७, बिहिबार (५ साल अघि) ५२७ पाठक संख्या

काठमाडौं , मंसिर २७ :  मुलुक बिखण्डनको अजेन्डा बोक्ने सिके राउत र विध्वंस्तामक कार्यमा सलग्न भएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी प्रति सरकार कडा देखिएको छ। राजनीतिक आवरणमा देशविरुद्धको अपराध, हिंसा र आतंक मच्चाउनेलाई छाड्न नमिल्ने भन्दै धमाधम पक्राउ र मुद्दा चलाउन थालेपछि मुलुकमा शान्ति र अमनचयन कायम भएको सरकारको निष्कर्ष रहेको छ।

विगतमा कमजोर मुद्दा बनाएर अदालतमा लाने र बन्दी प्रत्यक्षीकरणमा छुट्दै आएका राउत पछिल्लोपटक हिरासतमा फर्किनु परेको छ भने उनका ९४ जना कार्यकर्ता पक्राउ गरी अनुसन्धानमा राखिएका छन्। सर्वोच्च अदालतवाट बन्दी प्रत्यक्षीकरणबाट छुट्दै आएका राउतलाई उनका आफन्तको माग अस्वीकार गर्दै गौर, रौतहटमा पुर्पक्षका लागि थुनामा राखिएको छ। उनीविरुद्ध जिल्ला अदालत गौर, रौतहटमा राज्य विप्लवविरुद्धमा मुद्दा परेको छ।

यस्तै, अर्धभूमिगत अवस्थामा रहेको चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ३ सय ४७ जना कार्यत्रर्ता पक्राउ परेका छन, जो चन्दा आतंक, निर्वाचनमा बम प्रहार गरेको अभियोगमा थुनामा रहदै आएका छन्।

राउतका भन्दा बढी कार्यकर्ता चन्दको पक्राउ परे पनि उनीहरूविरुद्ध राज्य विप्लवको मुद्दा भने चलाइएको छैन। हातहतियार तथा खरखजनासहित अधिकांश कार्यकर्तालाई सार्वजनिक सुरक्षा मुद्दामा थुनामा राखिएको छ। उनीहरू विभिन्न जिल्ला अदालतमा मुद्दा तथा तारेख खेपिरहेका छन्।

राउत र चन्दका कार्यकर्तासहित १ सय ५२ साना हतियार पनि पक्राउ गरिएको छ भने उनीहरूबाट २ सय ९३ थान गोली गठ्ठा पनि पक्राउ गरिएको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जानकारी दिएका छन्। ‘राजनीतिक आवरणमा हुने जुन सुकै अपराधप्रति प्रहरी कडारूपमा प्रस्तुत भएको छ, त्यसैले त पछिल्लो समय मुलुकमा शान्ति तथा अमनचयन कायम देखिएको छ,’ खनालले भने।

दिगो विकास तथा सुशाषन समितिसमक्ष प्रस्तुत भएका महानिरिक्षक खनालले राउत र चन्दसहितका कार्यकर्तालाई पक्राउ गरेर कारबाही सुरु गरेपछि शान्ति कायम भएको दाबीसमेत गरेका छन्। यसैबीच, साना हात हतियारसहित १ सय ५० जना पक्राउ परेका र अवैध गाँजा खेतीमा सलंग्न भएकामध्ये २ हजार ८ सय ३६ पक्राउ परेका नेपाल प्रहरीसँग तथ्यांक रहेको छ। त्यस्तै शान्तिसुरक्षा कायम गर्न ७ सय ५३ स्थानीय तहमध्ये ७ सय २८ मा सामुदायिक प्रहरी साझेदार कार्यक्रम सञ्चालन गरिएको प्रहरीको भनाइ छ।

महिला हिंसा र घरेलु हिंसामा केन्द्रित भएर सञ्चालन भएका साझेदारी कार्यक्रमको सञ्चालन स्थानिय महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकता राखेर सो अभियान चलाएको छ। बलात्कार, यौन हिंसा, घरेलु हिंसा, मदिरा नियन्त्रण, मेलमिलापलगायतका विषयमा सो साझेदारी कार्यक्रमले जनचेतना जगाउने काम गर्छ।

नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस