आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

काबुलमा विवाह समारोहमा आत्मघाती बम बिस्फोट, २० जना घाइते

AuthorAP Khabar२०७६ भाद्र १, आईतबार (४ साल अघि) २८५ पाठक संख्या

काठमाडौं , भदौ १ : अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम बिस्फोट गराइएको छ ।विवाह समारोहमा लक्षित गरी भएको बिस्फोटमा परेर कैयौं मानिस घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।घाइतेमध्ये २० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । बिस्फोटको कसैले पनि जिम्मा नलिएको बिबिसीले उल्लेख गरेको छ ।प्रत्यक्षदर्शीका अनुसार विवाहको समारोहमा उपस्थित पाहुनालाई लक्षित गरी बम बिस्फोट गराइएको थियो ।

पछिल्ला दिनमा अफगानिस्तानमा निरन्तर बम बिस्फोटका घटनाहरु भइरहेका छन् ।
यही महिनामा एक प्रहरी चौकीमा भएको आक्रमणमा १४ जना मारिएका थिए भने एक सय ५० भन्दा बढी घाइते भएका थिए । उक्त हमलाको जिम्मा तालिवानी लडाकू समूहले लिएको थियो ।

अफगानिस्तानमा अमेरिका र तालीवानी बिद्रोहीबीच युृद्धबिरामका लागि वार्ता चलिरहेकै बेला आतंकबादी हमलाका श्रृंखला रोकिएका छैनन् ।पछिल्लो समय तालिवान र इस्लामिक लडाकू समूहसहित सुन्नी मुसलमानहरुले इराकका अल्पसंख्यक मुसलमानहरुमाथि श्रृंखलावद्ध रुपमा हमला गर्दै आएका छन् ।

इमेजखबर ;

प्रतिक्रिया दिनुहोस