आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कर्मचारी र जनप्रतिनिधि धमाधम विदेश

AuthorAP Khabar२०७६ भाद्र १, आईतबार (४ साल अघि) ४५२ पाठक संख्या

काठमाडौं , भाद्र १ : राजधानीबाट आइतबार प्रकाशित पत्रपत्रिकाले विभिन्न फरक – फरक विषयका समाचारलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन् ।शनिबार जनता समाचार डटकम मा नेकपामा अबदेखि ‘नमस्कार’, काठमाडौंमै स्वचालित पेस्तोल र गोलीसहित युवा पक्राउ, जनसंगठनमा बहुपदिय व्यवस्था गर्न पराजुलीको माग, ज्येष्ठ नागरिक ज्यूँदो इतिहास हुन्, अवैध कुखुरासहित ३ मोटरसाइकल नियन्त्रण, लगानी सम्मेलनको तयारीका लिग जाँदै गरेको टोली दुर्घटनामा र वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन लगायतका शीर्षकमा समाचार प्रकाशन गरिए ।

अन्नपूर्ण पोष्ट् दैनिकले कर्मचारी र जनप्रतिनिधि धमाधम विदेश भ्रमणमा जान थालेको समाचारलाई प्रमुख समाचार बनाएको छ । तालिम, अध्ययन र अनुभव आदानप्दानको नाममा ठूलो संख्यामा कर्मचारी विदेश जाने गरेका हुन् । समाचारमा उल्लेख भए अनुसार भ्रमणपछिको उपलब्धि भने केही देखिएको छैन् । सरकारले विदेश भ्रमणमा कडाई गरेपनि विदेश जानेको संख्या घटेको छैन् । यस्तो उपलब्धिविहीन भ्रमणमा प्रमुख प्रशासकीय अधिकृत धेरै जाने गरेका छन् ।

गोरखापत्र दैनिकमा प्रधानमन्त्री र मन्त्री बीचका कार्यसम्पादन सम्झौताबारे शीर्ष समाचार छापिएको छ । समाचारमा उल्लेख भए अनुसार प्रधानमन्त्री र मन्त्रीहरुका बीचमा दिगो विकासका लक्ष्य निर्धारित समयमा नै हासिल गरी सन् २०३० भित्र देशलाई मध्यम आय भएको मुलुकका रुपमा विकसित गर्ने उद्देश्यअनुरुप काम गर्ने सम्झाैता गरिएकाे छ ।प्रशासनिक संयन्त्रमा यसअघि पनि कार्यसम्पादन सम्झौता प्रचलनमा रहे पनि राजनीतिक तहबाटै यस्तो सम्झौता भएको भने यो पहिलोपटक हो ।

राजधानी दैनिकले ‘चलायमान बन्दै नेकपा’ शीर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ । समाचार अनुसार पार्टी एकताको करिब डेढ वर्षभित्रमा पार्टीलाई एक ढिक्का बनाउने काममा पार्टी नेतृत्व सफल भएको पार्टी प्रवत्ता एवं प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले बताउनुभएको छ ।
जनता समाचार;

प्रतिक्रिया दिनुहोस