आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बेलायती महारानी एलिजावेथ चढेको हौदाको संरक्षण थालियो

AuthorAP Khabar२०७६ भाद्र २, सोमबार (४ साल अघि) ४७७ पाठक संख्या

हेटौंडा, भाद्र २ : संरक्षणको पर्खाइमा रहेको मकवानपुरको ऐतिहासिक सम्पदा हात्तीसारको संरक्षणको प्रयास सुरु भएको छ । तत्कालिन बेलायती महारानी एलिजावेथ द्धितिय र जंगबहादुर राणाले तराईका क्षेत्रमा सिकार खेल्नका लागि प्रयोग गरेका सम्पदाको संरक्षणसहित पर्यटकीय गन्तव्य बनाउने काम थालिएको हो ।

प्रदेश सरकारको उद्योग पर्यटन तथा वन मन्त्रालयले चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेट विनियोजन गर्दै मकवानपुरको भीमफेदी गाउँपालिका–६ हात्तीसारलाई पर्यटकीय गन्तव्य बनाउने तयारी थालेको हो ।

३२ रोपनी जग्गामा फैलिएको हात्तीसार क्षेत्रको कम्पाउण्ड लगाउने, बाटोमा ढुंगा छापने र हात्तीसारको भवन अगाडी २ वटा हात्ती बनाउने भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनुभयो । हात्तीसार नेपाल र वेलायतको मितेरीको ऐतिहासिक स्थल भएकोले स्वदेशी एवम् विदेशीहरुको आकर्षण केन्द्र बनाउने लक्ष्य रहेको उहाँको भनाइ छ ।

हात्तीसारको संरक्षणका लागि डिभिजन वन कार्यालय र भीमफेदी गाउँपालिकाले सक्रियता देखाएका छन् । ऐतिहासिक सम्पदाको डिभिजन वन कार्यालय हेटौँडा प्रमुख ईमानाथ पौडेल र गाउँपालिका अध्यक्ष हिदम लामासहितले स्थलगत अध्ययन गरेका छन् ।

संग्रहालयमा बेलायती महारानी एलिजाबेथ र जंगबहादुर राणालगायत राणा परिवारले प्रयोग गरेका हौदाहरु छन । महारानी एलिजाबेथले प्रयोग गरेका ४ वटा सिकारी हौदा र जंगबहादुरले प्रयोग गरेका पिजडा हौदासहित हात्तीसार भवन भित्र ४२ वटा हौदाहरु छन ।
जनता समाचार;

प्रतिक्रिया दिनुहोस