आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतीय दंगलमा तहल्का मच्चाउदै नेपाली कुस्तीबाज

AuthorAP Khabar२०७५ मंसिर २७, बिहिबार (५ साल अघि) ७७२ पाठक संख्या

काठमाडौं , मंसिर २७ : होचो कद, सानो शरीर, देख्दै अपत्यारिलो लाग्ने देव थापा मगर । तर यिनै मगर भारतमा चर्चामा छन् । चर्चाको कारण हो उनको कुस्तीकौशल ।

नवलपरासी घर भएका देवको फुर्तिलो चालका अगाडि बढेमानका शरीर भएका कुस्तीबाजहरु पनि पराजित हुन्छन् र चित खान्छन् । अझ कतिपय कुस्तीबाज त उनलाई देख्ने बित्तिकै मैदान नै छाडेर भाग्छन् । शरीर सानो भए पनि उनको फुर्तिलो खेलस्पर्धा र कौशलतासँगै तागत यस्तो मोहक छ कि, ठूला शरीर भएका कुस्तीबाजलाई ‘पाहा पछारे’ झैँ उनी पछार्न सक्छन् ।

अहिले उनी भारतका विभिन्न ठाउँमा हुने ‘दंगल’मा सहभागी हुँदै प्रायः सबै प्रतियोगिता जित्दै आइरहेका छन् । थापा पहलमानका नामले पूरै भारतभर चर्चामा रहेका देवको कुस्ती हेर्न लाखौँको संख्यामा भिड लाग्ने गर्छ । सानो तथा फुर्तिलो शरीर र अनुशासित खेलका कारण दर्शकको पनि माया र साथ पाउँछन् थापा । भारतमा किङ अफ दंगल, रियल सुल्तान जस्ता उपनामले उनी चिनिन थालेका छन् ।

हालसम्म खेलेका खेलमा उनले एक खेल मात्र हारेका छन् । हारसम्बन्धी प्रतिक्रियामा उनले प्राविधिक गडबडी भने । उनी दारा सिंहको भतिजासँग हारेका थिए । युट्युबमा थापाका भिडियो लाखौँले हेरेका छन् । प्रशंसा गरेका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस