आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फास्ट ट्रयाकको डीपीआर माघ दोस्रो हप्ता तयार हुन्छ : उपप्रधानमन्त्री पोखरेल

AuthorAP Khabar२०७५ मंसिर २७, बिहिबार (५ साल अघि) ५८२ पाठक संख्या

 काठमाडौं ,  मंसिर २७ : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौं तराई फास्ट ट्रयाकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) माघ दोस्रो हप्ता तयार हुने बताएका छन् ।

राज्य व्यवस्था समितिको बिहीबारको बैठकमा उनले ग्लोबल टेण्डरबाट छनोट भएको कोरियाली कम्पनीले माघ दोस्रो हप्तासम्म डीपीआर दिने बताएका हुन् । ‘डीपीआरलाई औपचारिकता दिन ग्लोबल टेण्डरबाट कोरियाली कम्पनीलाई दिइसकिएको छ । उसले माघको दोस्रो हप्तामा कम्प्लिट गरेर दिन्छ’ उनले भने ।

फास्ट ट्रयाकका विषयमा ललितपुरको खोकना क्षेत्रका वासिन्दाले विरोध जनाउँदा डीपीआरविना नै काम गरिएको आरोप लगाएका छन् । उपप्रधानमन्त्री पोखरेलले भने डीपीआर नभए पनि एशियाली विकास बैंकको फिजिबिलिटी स्टडी र सोही आधारमा भएको रेखांकनको आधारमा काम अघि बढाइएको बताए ।

‘हाल एडीबीको फिजिबिलिटी स्टडी र सोही अनुसार भएको रेखांकनको आधारमा जग्गा अधिग्रहण गरिएको छ’ उनले भने ‘डिटेल इन्जिनियरिङ सर्वे र डिजाइनको कुरा त्यहीबाट प्राप्त भएको छ ।’

सरकारले स्वीकृत गरेको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन र मन्त्रिपरिषदले २०७४ वैशाख २१ गते परामर्शदाता खरिद गर्न स्वीकृत दिने निर्णय गरेको भन्दै यीनै आधारमा फास्ट ट्रयाकको काम अघि बढाइएको उपप्रधानमन्त्री पोखरेलको दावी छ ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस