आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ट्रोल गर्नेलाई करणको कडा जवाफ

AuthorAP Khabar२०७६ भाद्र ३, मंगलबार (४ साल अघि) ३९१ पाठक संख्या

भदौ, ३ : बलिउड फिल्म निर्देशक तथा निर्माता करण जौहर आफ्नो लैंगिकतालाई लिएर ट्रोल बनेका थिए । तर, उनले ट्रोलरलाई कडा जवाफ फर्काएका छन् । उनीबारे ट्रोल गर्दै ट्विटरमा एक व्यक्तिले लेखेका थिए, ‘करण जौहरको जीवनमाथि एक फिल्म बनाउन आवश्यक छ । करण जौहर : द गे ।’

जवाफमा करणले लेखेका छन्, ‘तिमी साँच्चै जिनियस छौ । यो सब कुरा तिमीले अहिलेसम्म कहाँ लुकाएर राखेका थियौ । तिमीलाई धन्यवाद कि तिमीले यस मुद्दामा आवाज उठायौ ।’
करणको यस ट्विटलाई उनका फ्यानले खुबै रुचाएका छन् ।

एक फ्यानले लेखेका छन्, ‘फ्यानले थोरै बानी सिक्न आवश्यक छ । करण तिमीले यस्ता मान्छेलाई ध्यान नदेऊ ।’ अरबाज खानको टक सोमा गएपछि करण सामाजिक सञ्जालमा ट्रोल बनेका थिए ।
नयाँ पत्रिका :

प्रतिक्रिया दिनुहोस