आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पानीबाट देशलाई सम्बृद्ध बनाउने उर्जा मन्त्रि पुन

AuthorAP Khabar२०७५ मंसिर २७, बिहिबार (५ साल अघि) ५१६ पाठक संख्या

AP डेस्क
जीतपुर, मंसिर २७ : उर्जा जलश्रोत तथा सिँचाई मन्त्रि बर्षमान पुनले पानीबाट देशलाई सम्बृद्ध बनाउने बताउनुभएको छ । बाराको सिमरा विमान स्थलमा संचारकर्मिहरुसंगको कुराकानि गर्दै उर्जा मन्त्रि पुनले हरेक नेपालीलाई विद्युतको सेयर धनि बनाउने र पानीबाट उत्पादित जलविद्युतबाट देशलाई सम्बृद्धि बनाउने बताउनुभएको हो ।

उहाँले तिन वर्ष भित्र देशैभरी विद्युत पु¥याउने लक्ष्य सहित सरकारले योजना बनाएको बताउदै प्रदेश नम्बर २ को प्रत्येक घरमा २ वर्ष भित्र विद्युत पु¥याउन दाबी गर्नुभयो ।

संचारकर्मिको जिज्ञासामा उर्जा मन्त्रि पुनले औद्योगी करण र ब्यवसायी करणका लागि सिचाई भएको बताउदै उर्जा र सिचाई भनेको देशको विकास र सम्बृद्ध बनाउने योजनाको रुपमा दिलएकमो बताउनुभएको छ ।

उहाँले सिचाइका पुराना संरचनालाई सुधार गर्दै नयाँ संरचनाको विकास गर्ने कामलाई सरकाराले प्राथमीक्तामा रहेको समेत जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस