आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘भूमिहीनलाई अब निःशुल्क जग्गा’

AuthorAP Khabar२०७६ भाद्र ४, बुधबार (४ साल अघि) १९१ पाठक संख्या

भाद्र, ४ : भूमिहीन तथा सुकुम्बासीलाई व्यवस्थित बसोबास प्रयोजनका लागि एक पटकलाई जग्गा दिनेगरी भूमि सम्बन्धी विधेयक (आठौँ संशोधन) प्रतिनिधि सभाबाट पारित भएको छ ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालको प्रस्तावमा विधेयक प्रतिनिधि सभाले पारित गरेको हो । पारित विधेयक अब राष्ट्रिय सभामा पेस हुनेछ । दुवै सदनबाट पारित भई प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ ।

आवादीमा परिणत भएको जग्गा जुनसुकै अभिलेखमा भए पनि रजिस्ट्रेसनको २५ प्रतिशत शुल्क लिई तोकिएको हद नबढ्ने गरी जग्गा उपलब्ध गराउने पारित विधेयकमा उल्लेख छ ।कम्तीमा दस वर्ष अघिदेखि भोगचलनमा रहेको जग्गा धनीलाई यो सुविधा दिइनेछ । अवाद गरिएको वा अन्य कुनै क्षेत्रको जग्गा सरकारले उपलब्ध गराउन सक्ने विधेयकमा उल्लेख छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
तु खबर;

प्रतिक्रिया दिनुहोस