आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भलिबलमा अफगानिस्तानको पहिलो जित

AuthorAP Khabar२०७६ भाद्र ४, बुधबार (४ साल अघि) ३२१ पाठक संख्या

काठमाडौं भाद्र , ४ : अफगानिस्तानले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा पहिलो जित निकालेको छ । लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा मंगलबार भएको खेलमा बंगलादेशलाई ३–२ को सेटमा हरायो ।

अफगानिस्तानले बंगलादेशलाई २५–२१, १९–२५, १८–२५,२५–२३, १५–१२ को सेटमा हराएको हो । जितसँगै समूह ‘बी’ मा रहेको अफगानिस्तानले दुई खेलबाट दुई नै अंक जोडेको छ ।अफगानिस्तानले सेमिफाइनलको सम्भावना पनि कायम राखेको छ । पहिलो खेलमा अफगानिस्तान तुर्कमेनिस्तानसँग पराजित भएको थियो ।बंगलादेशको भने यो लगातार दोस्रो हार हो । हारसँगै बंगलादेशको सेमिफाइनल यात्रा कठिन बनेको छ । पहिलो खेलमा बंगलादेश उज्वेकिस्तानसँग पराजित भएको थियो ।

यसैगरी मंगलबार नै भएको अर्को खेलमा उज्वेकिस्तानले तुर्कमिनिस्तानलाई ३–० को सोझो सेटमा हरायो । उज्वेकिस्तानले २५–२१, २५–१८, २५–१५ को सेटमा हराएको थियो ।
रातोपाटि ;

प्रतिक्रिया दिनुहोस