आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हिटको ग्यारेन्टी बनेका आयुष्मानले बढाए पारिश्रमिक

AuthorAP Khabar२०७६ भाद्र ४, बुधबार (४ साल अघि) ३८७ पाठक संख्या

भाद्र , ४ : आयुष्मान खुराना ती सेलिब्रिटीमध्ये एक हुन् जसले आफ्नो बलबुँतामा उद्योगमा स्थान बनाएका छन् । उनलाई उनको शानदार अभिनयका लागि नेशनल अवार्डसमेत दिइएको छ । यस्तोमा उनको चर्चा बढ्नु स्वभाविक नै हो ।

रिपोर्टलाई मान्ने हो भने स्टारडम बढेपछि आयुष्मानले आफ्नो पारिश्रमिक बढाएका छन् । जानकारीका अनुसार आयुष्मानले विज्ञापन गर्नका लागि जुन पारिश्रमिक लिन्थे त्यसमा तीन गुणा बढोत्तरी गरेका छन् । यतिमात्र होइन, उनले आफ्नो फिल्मको पारिश्रमिक पनि बढाएका छन् । अब उनी पछि महँगा सेलिब्रिटीको सूचीमा समावेश भएका छन् ।

हुन त यसमा दुई मत छैन कि आयुष्मान हिट मात्रै नभई राम्रो व्यापारको पनि ग्यारेन्टी बनेका छन् । त्यसैकारण उनलाई अहिले अफरको कमी छैन । विशेष कुरा के छ भने हरेक फिल्ममा आयुष्मानको अभिनय पनि माझिएको छ ।
एजेन्सी / रातोपाटि ;

प्रतिक्रिया दिनुहोस