आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फेरि अमेरिका–तालिबानबीच वार्ताको तयारी

AuthorAP Khabar२०७६ भाद्र ४, बुधबार (४ साल अघि) ४२९ पाठक संख्या

काबुल भाद्र , ४ : अफगानिस्तानको प्रमुख विद्रोही समूह तालिबानसँग वार्ता गर्न अमेरिकी विशेषदूत जाल्मे खलिलजाद कतारको दोहातर्फ प्रस्थान गर्नुभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अफगानिस्तानमा इस्लामिक स्टेटको प्रभाव बढ्न थालेसँगै तालिबानसँगको वार्तालाई निर्णायक बनाउन दुबै पक्षले तिब्र प्रयास थालेका छन् ।अमेरिकी दूत खलिलजादले वार्ताको प्रगति बारेमा विचारविमर्श गर्न अफगानिस्तानको पनि भ्रमण गर्नुहुनेछ । यसअघिका वार्तामा अफगानिस्तान सरकारलाई खासै महत्व दिइएको थिएन । अमेरिकी विदेश मन्त्रालयले अफगानिस्तानका विभिन्न पक्षबीच सहमति जुटाउने प्रयासलाई निरन्तरता दिइने जनाएको छ ।

वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संवाददाताहरुसँग कुरा गर्दै तालिबान विद्रोही समूह लडाइँ रोक्न इच्छुक रहेको बताएका छन् । उनले तालिबान समूहले अफगानिस्तानलाई आतङ्कवादी क्रियाकलापको केन्द्र हुनबाट सजिलै रोक्न सक्ने विचार व्यक्त गरे ।
कतारमा हुने नयाँ चरणको वार्ता काबुलमा यसै सप्ताहान्तमा भएको भिषण बम आक्रमणपछि हुन लागेको हो । तालिबान समूहले उक्त आक्रमणमा आफ्नो जिम्मेवारी नरहेको बताइसकेको छ ।अफगानिस्तानमा सक्रिय इस्लामिक स्टेट समूहले आक्रमणको जिम्मेवारी लिएको छ । इस्लामिक स्टेटले पछिल्ला केही महिनादेखि आतङ्कवादी ठूला आक्रमणहरु तिब्र रुपमा बढिरहेकाले अमेरिका–तालिबान वार्ता नै ओझेलमा पर्ने खतरा बढेको विश्लेषकहरुको भनाई छ ।

विश्वमै अफगानिस्तानको युद्ध सबैभन्दा खतरनाकमध्ये एक मानिन्छ । राष्ट्रसंघले अघिल्लो दशकमा भन्दा बढी सर्वसाधारण गत वर्ष मारिएको जनाएको छ । शनिबार भएको बम आक्रमणमा पनि ६३ जना सर्वसाधारणको ज्यान गएको थियो । विगत १० वर्षमा ३२ हजारभन्दा बढी गैरसैनिक नागरिक मारिएका छन् ।अमेरिकी रक्षा मन्त्रालयले मंगलबार सार्वजनिक गरेको एक प्रतिबेदनमा हाल अफगान द्वन्द्व यथास्थितिमा रहेको उल्लेख छ । तालिबान समूहले पनि थप क्षेत्रलाई आफ्नो कब्जामा लिन सकेको छैन भने सरकारी फौजले पनि गुमेका क्षेत्रहरुमाथि पुनः नियन्त्रण गर्न सकेको छैन ।

अप्रिल–जुनको अवधि विश्लेषण गरिएको उक्त प्रतिवेदनले हिंसात्मक घटनाहरुमा खासै परिवर्तन नआएको उल्लेख गरेको छ । अफगानिस्तानमा हाल १४ हजार सैनिक तैनाथ छन् । अमेरिकी सैनिक फिर्ती नै अमेरिका–तालिबान वार्ताको मुख्य विषयवस्तु रहेको छ ।
एजेन्सी / रातोपाटि ;

प्रतिक्रिया दिनुहोस