साहको राजीनामाले पार्टी नेतृत्व प्रती आम जनसमुदाय आक्रोशीत भएको युवा नेता कुश्वाहाको भनाई

393

एपी खबर
जीतपुर, साउन ४ : आफ्नो क्षेत्रमा विकासको पर्यायको रुपमा रहेका नेकपाका नेता, प्रतिनिधी सभा सदस्य प्रभु साहले नेकपा प्रदेश २ को अध्यक्षबाट दिएकोे राजीनामा प्रति यस प्रदेशका पार्टि सदस्यहरुले आक्रोस ब्यक्त गरेको छ ।

एपी खबरसंग कुराकानि गर्दै नेकपाका युवा नेता उमेश कुश्वाहाले ब्यक्तीगत स्वार्थ भन्दा माथी उठेर इमान्दर ब्यक्तीत्वको रुपमा स्थापित प्रतिनिधी सभा सदस्य साहलाई पार्टि पंगतीले सहयोग नगरेको कारण उहाँले दिएको राजिनामा प्रति जनता संतुष्ट नभएको जानकारी दिनुभएको छ ।

उहाँले पार्टीको नाममा ब्यक्तीगत स्वार्थ पूरा गर्नु, भारतिय दलाली, पार्टी भित्र चरम गुट चलाउने केहि यस्ता नेताका घेराबन्दिमा परेर नैतृत्वले साहलाई काम गर्न सहयोग नगर्नु पार्टी हितबिपरीत कदम भएको बताउनुभयो ।

Loading...