आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पाल्पामा जीप दुर्घटना, तीनदिने सुत्केरीसहित ५ जनाको मृत्यु, ४ जना घाइते

AuthorAP Khabar२०७५ मंसिर २८, शुक्रबार (५ साल अघि) ४१० पाठक संख्या

पाल्पामङ्सिर २८ : सुत्केरी बोकेर सदरमुकाम तानसेनबाट माथागढी गाउँपालिका–८ बहादुरपुर जाँदै गरेको जीप बिहिबार बेलुकी पाल्पामा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ ।

दुर्घटनामा चारजना घाइते भएका छन् ।  पूर्वखोला गाउँपालिकाको आर्गिडाँडा ओढारेमा लु १ ज ५६५३ नम्बरको जीप दुर्घटना हुँदा ३ दिनकी सुत्केरी २३ वर्षीया उनीसरा रुचाल, चालक २० वर्षीय विरेन्द्र राना , ४४ वर्षीया यानीसरा गाहा, ४१ वर्षीया बुमाकुमारी दर्लामी र ७१ वर्षीय रेवतबहादुर जिसीको  ज्यान गएको हो ।

चारजनाको घटनास्थलमै र सुत्केरी उनीसराको उपचारको लागि सदरमुकाम तानसेन ल्याउने क्रममा बाटोमा नै ज्यान गएको घटनास्थलमा पुग्नुभएका पूर्वखोला गाँउपालिका वडा नम्बर २ का वडाध्यक्ष निरबहादुर सारुले जानकारी दिनुभयो । मृतक सबै माथागढी ८ बहादुरपुरका हुन् ।

वडा अध्यक्ष सारुका अनुसार रातको समय र अप्ठ्यारो भिरमा दुर्घटना भएकाले घाइतेको उद्धार र मृतकको शव निकाल्न निकै कष्ट भएको थियो ।  घाइते देवसिंह गाहाका अनुसार बाटोमा खरायो भेटिएपछि सोही खरायोलाई लखेट्ने क्रममा जीप भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मृतक सुत्केरीका श्रीमान् २६ वर्षीय शान्तबहादुर रुचाल, ३ दिने शिशु , ४० वर्षीय सुरेन्द्र मश्राङ्गी र ३९ वर्षीय देबसिंह गाहा घाइते भएका छन् । घाइतेको तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । बिहीबार बेलुकी ८ बजे तिर दुर्घटनामा परेको जीपमा ९ जना सवार थिए । – उज्यालोबाट

प्रतिक्रिया दिनुहोस