आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पहिरोले घर पुरिँदा एक जना बेपत्ता

AuthorAP Khabar२०७६ भाद्र ५, बिहिबार (४ साल अघि) ३५८ पाठक संख्या

भाद्र, ५ : पर्वतको कुश्मा नगरपालिका २ खुर्कोट बुढीस्वाँरा भन्ने ठाउँमा पहिरोले घर पुरिँदा एक जना बेपत्ता भएका छन् । बुधबार राति परेको अविरल बर्षाका कारण घर माथिबाट आएको पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसे बेपत्ता भएका हुन् ।

चालिसेको जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीसहित स्थानीयले खोजी गरिरहेका छन् । श्रीमान् श्रीमती मात्रै बस्दै आएको उक्त घरमा बुधबार चालिसेकी श्रीमती छोरी भेट्न गएकी कारण सम्पर्कमा आएकी छिन् । घरमा रेमबहादुर मात्र रहेको आशंका गरिएको छ ।

पहिरोले घरको सबै भाग पुरेर केही भाग बगाएको छ । खोजी कार्यका लागि शसस्त्र प्रहरी बलका सुरक्षाकर्मीसमेत घटनाथलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले बताए ।

नयापत्रिका;

प्रतिक्रिया दिनुहोस