आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जिप दुर्घटना हुँदा तीनको मृत्यु, तीन घाइते

AuthorAP Khabar२०७६ भाद्र ५, बिहिबार (४ साल अघि) २९३ पाठक संख्या

भदौ, ५ : अछामको रामारोशनको मुजाबगरबाट जयगढ तर्फ आउँदै गरेको से १ ज ९९५ नम्बर जिप बुधबार राति दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।बान्नीगढी जयगढ गाउँपालिका ५ कालीकाको लिडी सुकिबागमा दुर्घटना हुँदा बान्नीगढी जयगढ गाउँपालिका ४ तिमिल्सेनका ३७ वर्षीय अशोक परियार, ३८ वर्षीय कालुसिंह आउजी र सवारी चालक बैतडीको डिलासैन गाउँपालिका ३ का २२ वर्षीय लालबहादुर बोहराको मृत्यु भएको हो ।

उनीहरु मध्ये अशोकको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीले बताए । उनका अनुसार दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।घाइतेको बयलपाटास्थित न्याय हेल्थ नेपालमा उपचार भइरहेको छ । कच्ची सडकमा तीब्र गतिमा जिप चलाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । जिप सडकदेखि करिब ८ सय मिटर तल खसेको थियो । नयापत्रिका;

प्रतिक्रिया दिनुहोस