आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आमा झारफुकमा गएको बेला घर जल्यो, तीन बालबालिकाको मृत्यु

AuthorAP Khabar२०७५ मंसिर २८, शुक्रबार (५ साल अघि) ३९३ पाठक संख्या

 दाङ , मंसिर २८ : दाङको बंगलाचुली गाउँपालिका ८ गुराँसेस्थित एक घरमा आगलागी हुँदा एकै परिवारका तीन बालबालीकाको मृत्यु भएको छ ।

नवराज पुनको दुई तले घर आगलागी हुँदा उनका छोरा सात वर्षीय कृष्ण पुन, छोरीहरु पाँच वर्षीया अस्मिता पुन र साढे दुई वर्षीया अन्जु पुनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी कृष्णहरि शर्मा पोखरेलले जानकारी दिए ।

काखे बच्चालाई झारफुक गराउन भनेर आमा घरबाट हिँडेको र बालबालिकाहरु घरभित्रै भएको बेला आगलागी भएको थियो । उनीहरुका बुवा नवराज पुन भने रोजगारीको सिलसिलामा भारतमा छन् ।

एसपी पोखरेलले भने, ‘फुसको घर जलेर पूरै खरानी भएको छ । बालबालिकाको अवशेष पनि फेला पार्न सकिएको छैन । घरमा रहेका चौपायाहरु पनि परेका छन् ।’

शव खोज्नका लागि सदरमुकाम घोराहीबाट डिएसपी रामप्रसाद घर्ती नेतृत्वको टोली घटनास्थलमा पठाइएको छ ।

आगलागी भएको खबर पाएलगत्तै नजिकको हाँसिपुर प्रहरी चौकी र स्थानीयबासी भेला भए पनि पानीको स्रोत नहुँदा आगो निभाउन नसकिएको एसपी पोखरेलले बताए ।

आगलागीको कारण खुलेको छैन । स्थानीयबासीले सोलारको ब्याट्री पड्किएर आगो लागेको अनुमान गरेका छन् । प्रहरीले भने आगलागीको कारण पत्ता नलागेको र अनुसन्धान जारी रहेको जनाएको छ ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस