आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मिस्टर वर्ल्डको उत्कृष्ट १२ भित्र नेपाली अक्षय

AuthorAP Khabar२०७६ भाद्र ५, बिहिबार (४ साल अघि) ३८५ पाठक संख्या

काठमाडौं भाद्र , ५ : नेपालको प्रतिनिधित्व गर्दै ‘मिस्टर वल्ड २०१९’मा सहभागी अक्षय रायमाझी प्रतियोगिताको उत्कृष्ट १२ भित्र पर्न सफल भएका छन् । फिलिपिन्सको मनिलामा आयोजना भइरहेको प्रतियोगितामा अक्षय विश्वका ६० बढी राष्ट्रका प्रतिनिधिलाई पछि छोड्दै उनी उत्कृष्ट १२ भित्र पर्न सफल भएका हुन् ।
आफू उत्कृष्ट १२ भित्र परेको खुसी अक्षयले आफ्नो फेसबुक मार्फत शेयर गरेका छन् ।

अक्षयले नेपाली कलासंस्कृति झल्कने पहिरन सहित काल भैरव नाँच प्रतियोगितामा प्रस्तुत गरेका थिए । उनको नाँच प्रतियोगितामा मन पराइएको थियो । उनले आगामी शुक्रबार हुने मिस्टर वल्र्डको अन्तिम स्पर्धामा पनि सहभागी हुन पाउने छन् ।
अक्षय ‘मिस्टर नेपाल २०१७’का बिजेता हुन् । मिस्टर नेपाल आयोजक संस्था एक्सपोज नेपालले उनलाई ‘मिस्टर वल्ड’मा नेपालको प्रतिनिधिको रुपमा पठाएको हो ।
रातोपाटि ;

प्रतिक्रिया दिनुहोस