आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जोफ्राको घातक बलिङमा सस्तैमा समेटियो अस्ट्रेलिया

AuthorAP Khabar२०७६ भाद्र ६, शुक्रबार (४ साल अघि) ३३२ पाठक संख्या

भाद्र , ६ : इङ्ल्यान्डका जोफ्रा आर्चरले घातक बलिङ गरेपछि एसेज सिरिज अन्तर्गत तेस्रो टेस्टको पहिलो इनिङमा अस्ट्रेलिया एक सय ७९ रनमै अलआउट भएको छ ।अस्ट्रेलिया अलआउट भएपछि पहिलो दिनको खेल पनि समाप्त भएको घोषणा गरिएको छ ।तेस्रो टेस्टमा टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५२.१ ओभरमा सबै विकेट गुमाएको छ ।

अस्ट्रेलियाका लागि मार्कस लाबुसेनले सर्वाधिक ७४ रन बनाए । डेभिड वार्नरले ६१ र कप्तान टिम पेनले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।अस्ट्रेलियालाई निराश बनाउन घातक बलिङ गरेका आर्चरले ६ विकेट लिए । करियरको दोस्रो टेस्ट खेलेका आर्चरले १७.१ ओभरमा तीन मेडन ओभर गर्दै ४५ रन खर्चिएका थिए ।

स्टुवार्ट ब्रोडले दुई तथा क्रिस वोक्स र बेन स्टोक्सले एक एक विकेट लिए । एसेज सिरिज अन्तर्गत दोस्रो टेस्ट बराबरीमा सकिएको थियो । पहिलो टेस्टमा अस्ट्रेलिया दुई सय ५१ रनले विजयी भएको थियो ।
रातोपाटि ;

प्रतिक्रिया दिनुहोस