आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

खोलाले धार परिवर्तन गर्दा खेतीयोग्य जमिन नष्ट

AuthorAP Khabar२०७६ भाद्र ६, शुक्रबार (४ साल अघि) ३८२ पाठक संख्या

बारा, भदौ ६ : चुरेको अत्यधिक दोहन र नदी उत्खननको कारण बारामा कृषियोग्य जमिनको क्षय हुँदै गइरहेको छ । प्राकृतिक स्रोतको उपयोगमा मनपरी बढेपछि जिल्लाको ठूलो परिमाणमा खेतीयोग्य जमिन बगरमा परिणत भएको हो ।बाराका पसाह, बगरी, दुधौरा र बालगंगा खोलाले धार परिवर्तन गर्दा कतै खेतीयोग्य जमिन बगरमा परिणत भएको छ भने कयौँ जमिन कटान भएको छ । राष्ट्रपति चुरे संरक्षण र जल प्रकोप तथा नदी नियन्त्रण कार्यालयले ठोस पहलकदमी नगरी अव्यवस्थित रुपमा पूर्वाधार निर्माण गर्दा यो समस्या झन् जटिल बन्दै गएको हो ।

जिल्लाका अन्य स्थानीय तहले आधिकारिक तथ्यांक नपठाए पनि जितपुर सीमरा उपमहानगरपालिकाको इनरबासिरामा सयौँ बिघाहको धान बाली नष्ट भएको छ । बाढीले खोलाको धार परिवर्तन गरी खेतीयोग्य जमिन स्वाहा पार्नुका साथै ग्रामीण सडक सञ्जालसमेत अस्तव्यस्त बनाएको छ ।वर्षदिनसम्म हातमुख जोर्ने सहारा रहेको बालीमा बालुवा थुप्रेपछि कयौँ परिवार बिचल्लीमा परेको स्थानीय सेदुला अन्सारीको गुनासो छ ।

धार परिवर्तन गरेर बगेका नदीलाई पहिलेकै अवस्थामा फर्काउन तीनै तहका सरकार गम्भीर नबने आगामी दिनमा पनि सयौँ किसानको बिल्लीबाँठ हुने निश्चित भएको स्थानीयको भनाइ छ । स्थानीय सरकारले राजस्व संकलनको बहानमा संवेदनशील खोला तथा चुरे पहाडमा समेत उत्खननको अनुमति दिएपछि यस्तो समस्या भएको हो ।बालगंगा नदीमा निर्माणाधीन पुलका ठेक्केदारले लगाएको बाँध र रिलायन्स चिनी मिलका कारण खोला साँघुरो भएपछि गाउँमा पसेको जीतपुरसिमरा उपमहानगरपालिाका १९ का वडाध्यक्ष सुदनदास तत्माको आरोप छ ।

यस सम्बन्धमा बाढी आउनुपूर्व नै जिल्ला प्रशासनले बाँध हटाउन निर्देशन दिँदा पनि अटेर गरेका कारण सयौँ बिघाह जग्गामा क्षति पुगेको बताइएको छ । त्यस्तै बालगंगा पुल तीन वर्षमा निर्माण गर्ने गरी जिम्मा लिएका आश्रय निर्माण व्यवसायीले चार वर्ष बित्दा समेत पुल निर्माण गर्न नसक्दा यो समस्या आएको हो ।प्राकृतिक स्रोतको दोहन होइन, सदुपयोग गरेमा मात्रै यसका दुष्परिणामलाई न्यूनीकरण गर्न सकिन्छ ।
इमेजखबर ;

प्रतिक्रिया दिनुहोस