कांग्रेसले माग्यो कश्मिर विवादबारे सरकारको धारणा

9

भाद्र , ६ : राष्ट्रिसभाको शुक्रबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद जीतेन्द्रनारायण देव ।
काठमाडौं, भदौ ६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भारतको कश्मिर विवादबारे धारणा सार्वजनिक गर्न नेपाल सरकारसँग माग गरेको छ ।शुक्रबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै कांग्रेस सांसदहरुले नेपाल–भारत संयुक्त आयोगको बैठकमा पनि सरकारले प्रभावकारीरुपमा नेपालको हितअनुकूल कुरा राख्न नसकेको आरोप लगाए ।

भारतलाई किनारा लगाएर उत्तरतर्फमात्र सम्बन्ध बनाउने काममा सरकार लागेको भन्दै कांग्रेस सांसद जीतेन्द्रनारायण देवले ‘नेपालले १९५० को सन्धि पुनरावलोकन प्रस्ताव किन राख्न सकेन ?’ भने ।बैठकमा सत्तारुढ दलका सांसदहरुले भने बाढी–पहिरो क्षेत्रमा राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

बैठकले वन तथा वातावरण संरक्षणसम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफल सक्दै संशोधन दर्ताका लागि समय उपलब्ध गराएको छ ।
इमेजखबर ;

Loading...