आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

माछा सुपरजोन बाराको अध्यक्षमा रामकिशोर आउने संभावना

AuthorAP Khabar२०७५ मंसिर २८, शुक्रबार (५ साल अघि) ८७२ पाठक संख्या

AP डेस्क
जीतपुर, मंसिर २८  : प्रधानमन्त्रि कृषि आधुनिकिकराण परियोजना ईकाइ सुपरजोन बाराको भोली (मंसिर २९ गते) हुने ब्यवसाथपन समितिमा रामकिशोर यादब आउने संभावना प्रबल देखिएको छ ।
विगत लामो समयदेखि विवादित रहेको यस समितिलाई राम्रोसंग संचालन गर्न पटक पटक बैठक राख्दा समेत विवाद समाधान नभएपछि सयम नपुग्दै नयाँ कार्यसमिति चयन हुन लागेको नेपाल मत्स्य ब्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर साहले जानकारी दिनुभएको छ ।
२०७३ बाट बारामा कार्यक्रम लागु गर्न निर्माण गरीएको प्रधानमन्त्रि कृषि आधुनिकिकराण परियोजना ईकाइ सुपरजोन बाराको ब्यवस्थापन समितिमा जलन्धनर सिहंले बल प्रयोग गर्दै आफ्नो पक्षमा निर्णय गराएर समितिको अध्यक्ष बनेका थिए ।
सिहंको अध्यक्षतामा गठित ९ सदसिय समितिको कार्यप्रणली ठिक नभएपछि बाराका माछा पालक किसानहरुले त्यस समितिको विरोध गर्दै आएका थिए । समितिको चर्काे विरुधपछि विवादित बन्दै आएको यस समितिलाई नयाँ रुप दिन प्रथम साधारण सभा मै नयाँ कार्यसमिति चयन गर्न लागिएको हो ।
समितिले प्रथम साधारण सभा गर्न साउन १० गते र मंसिर १५ गते तोकेपनि सो समयमा कार्यक्रम सम्पन्न हुन नसकेकपछि मंसिर २९ गते हुन लागेको हो । मंसिर १५ गते हुने भनिएको साधारण सभा पुर्व मंसिर १४ गते यस समितिका उपाध्यक्ष र सचिव गरी ६ जनाले समितिमा नबस्ने गरी राजिनामा दिएका छन् ।
प्रधानमन्त्रि कृषि आधुनिकिकराण परियोजना ईकाइ सुपरजोन बाराको ब्यवस्थापन समितिको भोली हुने प्रथम साधारण सभा पश्चात नयाँ कार्य समितिका लागि रामकिशोर यादब र प्रभु पटेलको नामऐ माछा पालक किसानहरुले जनाएका छन् ।
अध्यक्षका उमेदारको रुपमा देखिएका २ आकाँक्षीहरु मध्ये अधिकाशं किसानहरु माझ लोकप्रिय देखिएको रामकिशोरको संभावना प्रबल रहेको किसानहरु भनाई छ ।

प्रतिक्रिया दिनुहोस