आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एस्टन भिल्ला विजयी, एभर्टन २–० गोलअन्तरले स्तब्ध

AuthorAP Khabar२०७६ भाद्र ७, शनिबार (४ साल अघि) ३४१ पाठक संख्या

काठमाडौं भाद्र , ७ : इङ्गलिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला विजयी भएको छ । गएराति भएको खेलमा एस्टन भिल्लाले एभर्टनलाई हराएको छ ।घरेलु मैदानमा भएको खेलमा भिल्ला क्लबले एभर्टनलाई २–० ले स्तब्ध बनायो । ब्राजिली खेलाडी वेस्लेले गोल गर्दै घरेलु टोलीलाई २१ औ मिनेटमा अग्रता दिलाए ।

खेलको ईन्जुरी समयमा अनवर एल गाजीले गोल गर्दै क्लबको जीत सुनिश्चित गरे । तेस्रो खेलमा आएर भिल्ला क्लबले ३ अंक जोड्न सफल रह्यो ।उसले तालिकामा ११ औ स्थान प्राप्त गर्यो । एभर्टनले लिगमा पहिलो हार ब्यहोर्यो । उसले सुरुवाती दुई खेलमा एकमा जित र अर्कोमा बराबरीको नतिजा निकालेको थियो ।

एभर्टन ४ अंक सहित तालिकाको नवौं स्थानमा छ । यसैबीच बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा लगातार दोस्रो जित निकालेको छ ।डर्टमन्डले गए राति नै भएको खेलमा डर्टमन्डले एफसी कोलोग्नीलाई ३–१ ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।

डर्टमन्डले यसअघि पहिलो खेलमा अग्सवर्गमाथि ५–१ को फराकिलो जित निकालेको थियो ।
इमागेखबर ;

प्रतिक्रिया दिनुहोस