आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

५० शय्याको अस्पतालमा एकजना मात्र विशेषज्ञ चिकित्सक

AuthorAP Khabar२०७६ भाद्र ७, शनिबार (४ साल अघि) ३७५ पाठक संख्या

भाद्र , ७ : जिल्ला अस्पताल गौर लामो समयदेखि आफैं बिमारी परेको छ । ५० शय्याको सुविधा सम्पन्न भनिएको अस्पतालमा एकजना मात्र डा. कृष्ण साह विशेषज्ञ चिकित्सकका रूपमा कार्यरत छन् । मेडिकल अफिसर ४ र डेन्टल सर्जन १ जनाको दरबन्दी छ । यद्यपि, तीमध्ये एकजना पनि छैनन् । डा. साहबाहेक अरू विशेषज्ञ डाक्टर छैनन् । डा. रञ्जन सिंह र परबेज आलमलाई करारमा राखे पनि उनीहरूको म्याद सकिएको जिल्ला अस्पताल गौरले जनाएको छ ।

अस्पतालको ल्याब टेक्निसियनमा ३ जनाको दरबन्दी भए पनि एकजना मात्र कार्यरत रहेका छन् । मन्त्रालयमा कर्मचारी अपुग भएको भनेर पत्राचार गरेको धेरै समय भएको डा. साहले बताए । अस्पतालको सेवा प्रभावित हुँदै गएको भनेर चौतर्फी विरोध भएको गौरका स्थानीय बासिन्दा सोहन यादवले बताए । जिल्ला अस्पताल गौरमा उपचार सेवा राम्रो नभएको भन्दै बिरामी भारत, वीरगन्ज र चितवन जान बाध्य भएको उनको भनाइ छ ।

प्रतिदिन सयभन्दा बढी बिरामी अस्पताल आउने गरेको भए पनि राम्रो उपचार नहुने भएका कारण उनीहरूलाई अस्पतालले रिफर गर्ने गरेको स्थानीय सतेन्द्र सिंहले बताए । सदरमुकाममा रहेको यो सरकारी अस्पतालमा दुई वर्षदेखि विशेषज्ञ चिकित्सक नभएका कारण स्थानीयले सामान्य उपचारका लागि समेत जिल्लाबाहिर जानुपर्ने बाध्यता छ ।

९ जना विशेषज्ञको दरबन्दी रहेको अस्पतालमा हाल एकजना डाक्टरले मात्र सेवा दिनुपरिरहेकाले अप्ठ्यारो भइरहेको कार्यालय प्रमुखसमेत रहेका डा. साहले बताए । झुन्खुनवाका स्थानीय शेख तैयबले आफ्नो छोराको उपचारका लागि गौर अस्पताल ल्याए पनि चिकित्सक अभावकै कारण घन्टौँसम्म कुर्न बाध्य भएर वीरगन्ज लानुपरेको गुनासो गरे ।
नयापत्रिका ;

प्रतिक्रिया दिनुहोस