आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश स्तरीय मिस्टरको उपाधि साह र मिसको उपाधि जोसिलाई

AuthorAP Khabar२०७५ भाद्र १७, आईतबार (५ साल अघि) ५८४ पाठक संख्या

तिवारी यादब

विरगंज, १७ भदौ
वीरगञ्जको नेसेन्ट ईभेटन्श र मैनेजमेन्टले पहिलो चोटी आयोजना गरेको प्रदेश स्तरी मिस्टर एण्ड र मिस प्रतियोगिताको उपाधि जितपुरका मिस्टर सागर साह र वीरगञ्जका मिस स्वेता जोशीले जितेका छन ।वीरगञ्जको नगरसभा गृहमा शनिबार भएको प्रतियोगीतामा पहिलो उपाधि संगै उनीहरुले सिल्ड ,प्रमाणपत्र र नगद १० हजार प्राप्त गरेका छन । यस्तै पहिलो रन्नर अपको उपाधि महिला तर्फ स्नेहा गुप्ताले हात पारिन् भने पुरुष तर्फ सुलभ चौधरीले पाए । यस्तै दोश्रो रन्नर अपको उपाधि पुरुष तर्फ करण बिश्वकर्माले पाए भने महिला तर्फ सालिनी रौनीयारले पाईन् ।
बेस्ट फोटो जेनिकमा महिला तर्फ सालिनी रौनीयार , पुरुष तर्फ राज ठाकुर गरे, भने बेस्ट फिजिकल टाईटलमा महिला तर्फ स्वेता जोशी ,पुरुष तर्फ रकी झा प्राप्त गरे । यस्तै बेस्ट वर्क तर्फ महिलामा सलोनी बिष्ठ,पुरुष तर्फ सुलभ चौधरीले प्राप्त गरेका हुन ।यसैगरी बेस्ट पर्सनालीटी तर्फ पुरुषमा अंकित कुश्वाहा, महिला तर्फ स्नेहा गुप्ताले प्राप्त गरीन् ।
भने बेस्ट पन्चुवल टाईटल तर्फ पुरुषमा नरोज पटेल , महिलामा निकिता लामिछाने पाएकी हुन ।मिस्टर टाईलेन्ट पुरुषमा सागर साह, मिस टाईलेन्टको उपाधि आरोही पटेलले प्राप्त गरेकी हुन । बेस्ट स्माईलमा महिला तर्फ रितु यादव ,पुरुष तर्फ करण बिश्वकर्मा पाएका हुन ।
यस्तै बेस्ट डिसिप्लीनमा पुरुष तर्फ गौरब शर्मा ,महिलामा पलक पाण्डेले प्राप्त गरेको आयोजक प्रबन्धक निर्देशक संदिप कुमार पंडितले बताए ।यस्तै भ्युवर च्वाईसमा पुरुष तर्फ अंकित कुशवाहा, महिला तर्फ आरोही पटेलले प्राप्त गरेकी पंडितले जानकारी लिए । प्रतियोगीतामा ८ जना पुरुष तथा ८ जना महिलाले प्रतिस्पर्धामा उत्रेका थिए । प्रतियोगीतामा एक्सपोज नेपाल डटकम कि अर्चना थापा,मिस नेपाल २०१८ मा पाचौ स्थान प्राप्त गरेकी सिर्जना रेग्मी ,उरिसा जोशी , मदन दवादी , जैग सिंह र भेषराज खत्रिले निर्णायक मण्डल (जर्ज)को भुमिका निर्वाह गरेका हुन ।
विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी आन्तरीक राजस्व कार्यालय वीरगञ्जका प्रमुख गोपीकृष्णा कोईराला,बिशिष्ठ अतिथी प्रोफेसर डा.दिपक शाक्य र वीरगञ्जका युवा सुनिल पटेलले उपाधि वितरण गरेका हुन । पहिलो चोटि आयोजना भएको प्रदेश स्तरीय मिस्टर एण्ड र मिस प्रतियोगितामा करिब ३ लाखको सम्म खर्च भएको आयोजकका सदस्य राहुल सिंह राजपुतले बताए ।

प्रतिक्रिया दिनुहोस