आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हिमेशको फिल्ममा रानुको गीत

AuthorAP Khabar२०७६ भाद्र ७, शनिबार (४ साल अघि) ३७३ पाठक संख्या

भाद्र , ७ : प्रतिभाको कदर एक न एक दिन भएरै छोड्छ भन्ने उदाहरण बनेकी छिन् सामाजिक सञ्जालमा भाइरल भएकी एक भारतीय महिला । केही दिनदेखि सामाजिक सञ्जालमा गायन कलालाई लिएर भाइरल भएकी रानू मण्डललाई बलिउड चर्चित कलाकार हिमेश रेशमियाले फिल्ममा गीत गाउने अवसर दिएका छन् ।

बंगालको रानाघाट रेल–वे स्टेसनमा लता मंगेसकरको गीत ‘एक प्यारका नगमा हे’ गाइरहेका अवस्थामा एक यात्रुले उनको भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

त्यही भिडियोका कारण रानूको गायनको निकै चर्चा भएको थियो । उक्त भिडियो हेरेपछि हिमेश हैरान भएको र उनलाई आफूले बनाउन लागेको फिल्म ‘हैप्पी हार्डी एन्ड हीर’का लागि गीत गाउने अवसर दिएका हुन् ।

उनले फिल्मका लागि ‘तेरी मेरी कहानी’ बोलको गीत रेकर्डिङ गराएका हुन् । हिमेशले रानूसँग गीत रेकर्डिङको भिडियो इन्स्टाग्राममा सार्वजनिक गर्दै भनेका छन्, ‘उनको आवज गजब छ, तपाईंको सबै सपना पूरा हुन सक्छ, यदि तपाईंमा पूरा गर्ने जीजीविषा बाँकी छ भने, तपाईंको सहयोग र प्रेमका लागि धन्यवाद ।’
नयापत्रिका ;

प्रतिक्रिया दिनुहोस