आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

न्युजिल्यान्डको एक गाउँमा किन बिरालोमाथि प्रतिबन्ध लाग्दै छ ?

AuthorAP Khabar२०७६ भाद्र ७, शनिबार (४ साल अघि) २८९ पाठक संख्या

भाद्र , ७ : न्युजिल्यान्डको दक्षिणी तटमा रहेको एउटा गाउँँ घरेलु बिरालोलाई प्रतिबन्ध लगाउने योजनामा छ । ओमावी गाउँका बासिन्दाले आफूहरूले पालिरहेको बिरालोको मृत्यु भएपछि कसैले पनि नयाँ बिरोलो पाल्ने छैनन् । आखिर किन ? बर्सेनि सयाैं चराचुरुंगी तथा स्तनधारी प्राणीको मृत्युको मुख्य कारण बिरालो हुने गरेको पत्ता लागेपछि गाउँले बिरालोमाथि प्रतिबन्ध लगाउने निष्कर्षमा पुगेका हुन् ।स्मिथसोनियन माइग्रेटरी बर्ड सेन्टरका प्रमुख डा. पिटर माराले चराचुरुंगी तथा प्राणीको असामयिक मृत्युमा बिरालो मुख्य कारक भएको विषयलाई विभिन्न पुस्तक तथा जर्नलमा उल्लेख गरेका छन् । आफू बिरालोविरोधी नभएको भन्दै उनले भनेका छन्, ‘बिरालो आफैँमा अनौठो पाल्तु जनावर हो । तर, उनीहरूलाई बाहिर घुम्न दिनुहुँदैन ।’

बिरालोलाई छाडा नछोड्दा केही हदसम्म समस्या समाधान हुने उनको भनाइ छ । बिरालोलाई पनि कुकुरलाई जस्तो साङ्लोमा बाँधेर मानिससँगै हिँडाउनुपर्ने उनको सुझाब छ ।

बिरालोले चराचुरुंगी, किराफट्यांग्रा, घस्रने जीवलगायत स्तनधारी प्राणीको सिकार गर्ने गरेको तस्बिर क्यामेराले देखाएकाले डा. पिटरका सुझाब मननयोग्य हुन सक्ने ओमावीका गाउँलेको भनाइ छ । ‘बिरालोले विभिन्न पशुपक्षीको सिकार गरेका छन् । उनीहरूको मृत्युपछि गाउँमा नयाँ बिरालो पाल्न आवश्यक छैन,’ जैविक सुरक्षासम्बन्धी विज्ञ अली मेडी भन्छन् ।

विज्ञहरूले बिरालोलाई केही वर्षअघि नै गाउँबाट हटाउन सुझाब दिएका थिए । तर, वर्षौंदेखि पालेको जन्तुसँग मानिसहरूको भावनात्मक सम्बन्ध बढेकाले त्यसलाई तत्काल लखेट्न असम्भव देखियो । गाउँका दर्जनौँ बिराला कहाँ व्यवस्थापन गर्ने भन्नेबारे अर्को समस्या देखियो । अन्ततः गाउँलेले नयाँ बिरालो नपाल्ने सहमति जनाएका छन् । यसका लागि उनीहरूले आफूसँग अहिले भइरहेका बिरालोको संख्या स्थानीय कार्यालयमा रेकर्ड गराएका छन्, ताकि अगामी दिन अनुगमन अधिकारीलाई अनुगमन गर्न सहज होस् ।

बिरालोले स्थानीय पर्यावरणमा पार्ने असरबारे ओमावीमा लामो समयदेखि बहस भइरहेको छ । बिरालोले विश्वव्यापी रूपमा पर्यावरणमा असर गरेको संरक्षणविद्ले बताउँदै आएका छन् । उनीहरूका अनुसार पर्यावरणमा असर गर्ने प्राणीमध्ये बिरालो १००औँ सूचीमा पर्छ । डा. माराका अनुसार ६३ प्रजातिका प्राणी लोप हुनुमा बिरालो पनि एक कारक हो ।
नयापत्रिका ;

प्रतिक्रिया दिनुहोस