आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुजलको कप्तानीमा नेपाली टोली

AuthorAP Khabar२०७६ भाद्र ७, शनिबार (४ साल अघि) ४१५ पाठक संख्या

भाद्र , ७ : मलेसियाविरुद्धको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा मिडफिल्डर सुजल श्रेष्ठले नेपाली टोलीको कप्तानी गर्ने भएका छन् । राष्ट्रिय टोलीका नियमित कप्तान विराज महर्जन, भरत खवास, किरण चेम्जोङजस्ता सिनियर खेलाडी टोलीमा नपरेपछि सुजलले कप्तानी गर्ने अवसर पाएका हुन् ।

सुजलले सन् २०११ मा पोखरामा भएको भुटानविरुद्धको प्रतियोगितामा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । सन् २०१४ को विश्वकपअन्तर्गत एसियन छनोटमा नेपालले इस्ट टिमोरलाई पहिलो लेगमा ५–० ले हराउँदा सुजल पहिलो अन्तर्राष्ट्रिय गोल गर्न सफल भए । सुजलले दोस्रो अन्तर्राष्ट्रिय गोल पाँच वर्षपछि सम्भव पारे । सन् २०१५ मा एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउविरुद्ध उनले एक मात्र निर्णायक गोल गरे ।

घरेलु फुटबलमा मनाङ मस्र्याङ्दीबाट खेल्ने सुजलले अहिलेसम्म आधिकारिक रूपमा १३ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । नेपालले २०२२ को कतार विश्वकपअन्तर्गत दोस्रो चरणको एसियन छनोटअघि मलेसियामा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल छनोट चरणको समूह बीमा छ । नेपालले कुवेत, जोर्डन, चाइनिज ताइपेई तथा अस्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
नयापत्रिका ;

प्रतिक्रिया दिनुहोस