आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चर्को मूल्य तिरेर धान बालीमा भारतीय मलको प्रयोग

AuthorAP Khabar२०७६ भाद्र ७, शनिबार (४ साल अघि) ३८८ पाठक संख्या

सर्लाही , भाद्र , ७ : समयमा पर्याप्त मल नपाउँदा सर्लाहीका किसान चर्को मूल्य तिरेर धान बालीमा भारतीय मल प्रयोग गर्न बाध्य भएका छन् ।सर्लाहीमा अहिले खुलेआम रुपमा भारतीय मलको किनबेच भइरहेको छ ।भारतीय सीमा क्षेत्रमा तीन सय ५० भारतीय रुपैयाँमा पाइने ४५ किलोको एक बोरा युरिया मललाई यहाँ एक हजार दुई समय रुपैयाँसम्म तिर्नु परेको किसानले गुनासो गरेका छन् ।

जिल्ला सदरमुकाम मलङ्गवासहित ब्रह्मपुरी, पर्सा, हरिपूर्वा, चन्द्रनगर, ईश्वरपुरलगायत जिल्लाका किसानले चर्को मूल्य तिरेर भारतीय मल खरिद गर्न बाध्य भएका छन् ।बजारमा नेपाली मल नपाइने भएकाले व्यापारीले भनेकै मूल्य तिरेर भारतीय मल खरिद गर्नुपर्ने बाध्यता रहेको हरिपूर्वा नगरपालिका–२, का किसान उमेश रायले गुनासो गरे ।सीमा क्षेत्रमा खटिने नेपाल तथा सशस्त्र प्रहरीकै मिलोमतोमा भारतीय मल नेपाल भित्रिने गरेको स्थानीयको आरोप छ ।

उता सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विनोदराज श्रेष्ठले किसानको समस्यालाई मध्यनजर गरी आधा–एक बोरा मल ल्याउन दिइएको भए पनि बेच्नका लागि भारतीय मल ल्याउन कडाई गरीएको बताएका छन् ।
इमेजखबर ;

प्रतिक्रिया दिनुहोस