बरुणले सोनाक्षीलाई भने–‘भाउजु’

मनोरंजन समाचार

 मङ्सिर २८  : नायक बरुण धवन र नायिका सोनाक्षी सिन्हा पहिलो पटक ‘कलंक’ नामक चलचित्रमा एकसाथ काम गर्दैछन् । एकसाथ काम गर्न थालेपछि यो जोडीले ट्विटरमा सवाल जवाफ पनि गरेको छ । सोनाक्षीले ट्विटरमा एक तस्बिर राख्दै लेखिन्–‘मिरर अन द वाल ।’ सोनाक्षीको यो ट्विटमा बरुणले लेखे–‘भाभी’ । यसमा फेरि सोनाक्षीले जवाफ लेखिन्–‘उफ, बरुण के तिमी चुप बस्न सक्छौ ।’

बरुणले सोनाक्षीलाई भाउजु भन्दै सम्बोधन गरेपछि अहिले बलिउडमा उनी कसैको प्रेममा परेको चर्चा हुन थालेको छ । ‘कफि विथ करण’ शोमा नायिका आलिया भट्टले सोनाक्षी र नायक आदित्य राय कपुरले एकसाथ काम गर्न आवश्यक रहेको बताएकी थिइन् । सोनाक्षीले पनि आदित्यसँग काम गर्नका लागि आफू उत्साहित रहेको खुलाएकी थिइन् ।

यसैले अहिले बलिउडमा सोनाक्षी र आदित्यको प्रेमको खबर सुरु भएको छ । यही भएर बरुणले सोनाक्षीलाई ‘भाउजु’ भनेर सम्बोधन गरेको चर्चा चलेको छ ।

सेयर गर्नुहोस्

1 thought on “बरुणले सोनाक्षीलाई भने–‘भाउजु’

Leave a Reply

Your email address will not be published. Required fields are marked *