आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हेटौँडाको चौकीटोलमा पनि कपडा बैंकको स्थापना

AuthorAP Khabar२०७६ भाद्र ७, शनिबार (४ साल अघि) २९९ पाठक संख्या

मकवानपुर, भाद्र ७: विपन्न नागरिकलाई निःशुल्क कपडा उपलब्ध गराउने उद्देश्यले नेपाल तरुण दल मकवानपुरको व्यवस्थापनमा हेटौंडा–१ स्थित चौकीटोल ओरालोमा कपडा बैंकको स्थापना गरिएको छ ।
नेपाली काँग्रेस प्रदेश ३ का संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले रिबन काटेर चोकीटोल आरोलोको कपडा बैंकको उद्घाटन गरेका हुन् ।

हेटौंडाका विभिन्न स्थानमा कपडा बैंक स्थापना गर्ने तरुण दलको अभियानअन्तर्गत शनिबार चौकीटोल ओरलोमा पनि कपडा बैंकको स्थापना गरिएको हो ।केहीदिनअघि हेटौंडाको सानोपोखरा चोकमा तरुणले कपडा बैंक स्थापना गरिसकेको छ भने जिल्ला प्रहरी कार्यालय अघि पनि कपडा बैंक स्थापनाको अन्तिम तयारी भइरहेको तरुण दल हेटौंडा उपमहानगर अध्यक्ष सुनिल गिरीले जानकारी दिए ।

कपडा बैंकमा आफूसँग भएका नयाँ तथा प्रयोग भइसकेका कपडा जोकोहीले राखिदिन सक्छन् भने कपडा आवश्यक हुने जोकोहीले सित्तैमा कपडा लैजान सक्नेछन् ।
लट्टीनाथ निर्माण कम्पनी हेटौंडाका रवि श्रेष्ठले नयाँ कपडा सौजन्य गरिदिएर कपडा बैंक स्थापना गरिएको हो । कपडा बैंक स्थापनाको लागि भ्वाइस अफ ग्रुप चौकीटोलले पनि सहयोग गरेको छ ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सल्लाहकार भरत पराजुली, जिल्ला सदस्य सुनिल दाहाल, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठक, नगर अध्यक्ष सुनिल गिरी, व्यवसायी रवि श्रेष्ठ, ध्रुव न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।
तु खबर;

प्रतिक्रिया दिनुहोस