आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रमुख सचेतक ढकालको घरमा बम प्रहार गरेको अभियोगमा ३ जना पक्राउ

AuthorAP Khabar२०७६ भाद्र ७, शनिबार (४ साल अघि) ३१४ पाठक संख्या

बुटवल, भदौ ७ : प्रदेश नंं ५ प्रदेशसभामा नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालको घरमा बम बिष्फोट गराएको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ११ बस्ने बिक्रम यादव, गैडहवा गाउँपालिका वडा नं ६ का रुदल यादव र सियारी गाउँपालिका वडा न. ४ ओर्लहवाका बिष्णुप्रसाद तिवारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता धर्मराज भण्डारीका अनुसार पक्राउ परेकाहरुमाथि गत साउन ३१ गते राति नेकपाका नेता तथा प्रदेशसभामा सत्तापक्षका मुख्य सचेतक ढकालको घरमा बम बिष्फोट गराएको आरोप रुपन्देही प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये बिक्रम यादव नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा रुपन्देहीद्वारा गठित जनसरकार उपप्रमुख, रुदल यादव प्रादेशिक जनसरकारका सदस्य र बिष्णु प्रसाद तिवारी उक्त पार्टीको जिल्ला कमिटी सदस्य रहेको रुपन्देही प्रहरीको जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

तुखबर ;

प्रतिक्रिया दिनुहोस