आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चितवनमा ५० बिघा जमिनमा करोडौँको अर्गानिक तरकारी खेती गरिँदै

AuthorAP Khabar२०७६ भाद्र ७, शनिबार (४ साल अघि) ३४८ पाठक संख्या

चितवन, भदौं ७ : भरतपुर महानगरपालिका–२४ को जगतपुरमा करोडौँ लगानीमा तरकारी खेती गरिने भएको छ ।
चितवनमा तरकारी खेतीमा प्रसिद्ध रहँदै आएको पश्चिम चितवनमा केरुङ्गा ताजा तरकारी सहकारीले सामूहिक तरकारी खेतीको अवधारणा ल्याएको हो । यसअघि पनि झण्डै १५ बिघामा तरकारी खेती गर्दै आएको सो सहकारीले अब एकैसाथ ५० औं बिघामा अर्गानिक तरकारी खेती गर्ने तयारी थालेको भरतपुर महानगरपालिका वडा नम्बर २४ का वडा अध्यक्ष कान्छा मल्लले नारायणी अनलाइनलाई बताए ।

उनले थोपा सिँचाइ र ग्रिन हाउसजस्तो आधुनिक प्रविधिबाट खेती गर्दा प्रतिकठ्ठा लगभग ७ सात लाखको दरले खर्च हुने जानकारी दिए । जसको आधारमा पनि २५ बिघामा खेती गर्दा लगभग ३५ करोड रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । त्यस्तै, अन्य २५ बिघामा भने अर्कानिक तरिकाबाटै कठ्ठाको अनुमानित एक लाख ५० हजार रुपैयाँ खर्च गरेर खेती गर्ने तयारी गरिएको छ ।

सामूहिक अर्गानिक खेतीमा विशेष सहजकर्ताको भूमिका खेल्दै आएकी साविक एमाले निकट अनेराश्ववियुको अनुशासन आयोगकी अध्यक्ष निशा अधिकारीले १०० प्रतिशत अर्गानिक तरकारी फलाउने लक्ष्यसहित आफूहरु यस कार्यमा जुटेको बताइन् । उनले भनिन्, ‘ सामूहिक तरकारी खेतीमा नागरिकको सहभागिता बढाउन हामी सहकारी मार्फत् नै सेयर खुलाउने तयारी गरेका छौं ।’

उनले तरकारी खेतीबाट हुने नाफा सिधै सहकारीमा जाने र पछि किसानहरुले बाड्ने जानकारी दिइन् । विद्यार्थी नेतृ अधिकारीले स्थानीयरुपमा तरकारी खेतीलाई प्रवद्र्धन गर्न केन्द्र सरकार, प्रदेश सरकार र जिल्लाका विभिन्न निकायहरुसँग समन्वयको भूमिका खेलिरहेकी छन् ।

चितवनको तरकारीको मुख्य बजार काठमाडौँ नै रहँदै आएको छ । अहिले पनि केरुङ्गा सहकारीले झण्डै १५ बिघामा चिचिन्डो, लौकालगायत विभिन्न अर्गानिक तरकारी खेती गर्दै आएको छ । यस सहकारीमा ४५० जना किसानहरु सदस्य रहेका छन् ।

विद्यार्थी नेतृ अधिकारीले दसैँ लगत्तै सुरु हुने यस खेतीको विशेष औपचारिक कार्यक्रममार्फत् सुभारम्भ गरिने नारायणी अनलाइनलाई जानकारी दिइन् । विषादीबाट आक्रान्त भएको नेपाली समाजमा यसप्रकारको सामूहिक तरकारी खेतीबाट ठूलो राहत मिल्ने आशा केरुङ्गा सहकारीले राखेको छ ।
नारायणी अनलाइन;

प्रतिक्रिया दिनुहोस